भारतबाट उद्धार गरिएको किशोरीलाई परिवारको जिम्मा | Khabarhub Khabarhub

भारतबाट उद्धार गरिएको किशोरीलाई परिवारको जिम्मा


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– एक नेपाली किशोरीलाई भारतबाट उद्धार गरी बिहीबार परिवारको जिम्मा लगाइएको छ । पाँच वर्षदेखि हराइरहेकी सप्तरीको बलान बिहुल गाउँपालिका–३ की २० वर्षीया र्ङ्किुकुमारी भनिने रञ्जनकुमारी पासवानलाई परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घरबाट बेपत्ता पासवान २०७४ साल वैशाख १० गतेदेखि भारत विहारको अल्पबास गृह पूर्णियाको संरक्षणमा आश्रित थिइन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार सप्तरी प्रहरीले भारत विहारको पूर्णियाबाट पासवानलाई नेपाल ल्याई उनकी आमा घुरनीदेवीको जिम्मा लगाएको हो ।

उद्धारका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब निरीक्षक चन्द्रबहादुर केरुङको नेतृत्वमा प्रहरी सहायक निरीक्षक सामवती राजवंशी गएका थिए ।

अल्पबास गृह पूर्णियाले भारतीय राजदूतावासमार्फत प्रहरी प्रधान कार्यालय तथा अपराध अनुसन्धान विभाग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयलाई किशोरीको परिवारको पहिचान गरी उद्धार कार्यमा सहयोग गर्न अनुरोध गरेको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ८ : १६ बजे

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले गर्‍यो १०० घण्टामा एक लाख पिन्ट रक्त संकलन

काठमाडौँ – ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले १०० घण्टामा एक लाख

पर्यटकीय गन्तव्य बन्दै जन्तीढुङ्गा

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ बाँसडोलदेखि माथि रहेको ‘जन्तीढुङ्गा’ पछिल्लो समय

बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन : ३१ लिटर अखाद्य तेल नष्ट

काठमाडौं- काठमाडौं महानगरपालिकाले सोमबार वडा नं. २३ र २४ अन्तर्गत

उहिलेका सगिनी अर्थात्‌ तीजका गीत

काठमाडौँ – आज नेपाली हिन्दु महिलाहरूले हरितालिका तीज मनाउँदैछन्‌ ।

एक सयभन्दा धेरै बोइङ जहाज किन्ने कोरियन एयरको योजना

वाशिङ्टन डीसी- कोरियन एयरले एक सयभन्दा बढी बोइङ विमान खरिद