भारतीय विधानसभा चुनाव– महाराष्ट्रमा आठ र हरियाणामा सात मन्त्री पराजित « Khabarhub

भारतीय विधानसभा चुनाव– महाराष्ट्रमा आठ र हरियाणामा सात मन्त्री पराजित


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको महाराष्ट्र र हरियाणा विधानसभा चुनावमा बीजेपीले सबैभन्दा धेरै सीट जितेको छ । तर यी राज्यमा सत्तारुढ रहेको बीजेपी सरकारका धेरै मन्त्रीले हारको सामना गर्नु परेको छ ।

महाराष्ट्रको देवेन्द्र फडवीस सरकारमा मन्त्री रहेका आठ जनाले विधानसभाको चुनावमा हार्दा हरियाणाका मनोहर लाल खट्टर सरकारका सात मन्त्री पराजित भएका छन् ।

महाराष्ट्रका कृषी मन्त्री अलि बोडेले चुनाव हारेका छन् ।

यसका साथै महाराष्ट्रमा पार्टी फेरेर बीजेपीमा आएका १९ मध्ये ११ उम्मेदवारले चुनाव हारेका छन् ।

त्यस्तै हरियाणामा मन्त्रीले मात्र चुनाव हारेका छैनन् । त्यहाँ बीजेपीका प्रदेश अध्यक्ष सुभाष बरालाले पनि चुनाव हारेका छन् ।

हरियाणा र महाराष्ट्र विधानसभा चुनावको परिणाममा बीजेपी सबैभन्दा ठूलो दल बन्ने देखिएको छ तर उसले हरियाणामा बहुमत नपाउने देखिएको छ ।

तर बीजेपी महाराष्ट्रमा आफ्नो सहयोगी दल शिवसेनाका साथ मिलेर सरकार बनाउन सक्ने भएको छ ।

निर्वाचन आयोगका अनुसार हरियाणामा बीजेपीले ४० सीट जितेको छ जबकी कांग्रेसले ३१ जननायक जनता पार्टीले १० सीट जितेको छ ।
हरियाणामा ९० विधानसभा सीट छ र बहुमतका लागि ४६ सीट आवश्यक पर्छ ।

यता महाराष्ट्रमा बीजेपीले १०५, शिवसेनाले ५६, एनसीपीले ५४ र कांग्रेसले ४४ सीटम जीत हात पारेका छन् ।

महाराष्ट्रमा २२८ सीट छ र बहुमतका लागि १४५ सीटको आवश्यकता पर्छ । यस हिसावमा बीजेपी र शिवसेनाले सहजिलै महाराष्ट्रमा सरकार बनाउन सक्नेछन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ९ : २५ बजे

मिन आङ ह्लाइङ नागरिक सत्तातर्फ, राष्ट्रपतिको मार्ग खुल्यो

एजेन्सी– म्यान्मामा पाँच वर्षदेखि सैन्य शासन सञ्चालन गर्दै आएका मिन

मल्कवाङमा विद्युतीकरण

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा केन्द्रिय प्रशारण लाइनमार्फत विद्युतीकरण भएको

नेपाल पत्रकार महासंघले मनायो ७१ औँ स्थापना दिवस  

काठमाडौं– नेपाल पत्रकार महासंघले ७१ औँ स्थापना दिवस विभिन्न कार्यक्रमको

एमालेको आन्दोलनमा सबै नेता घरमा, कार्यकर्ताले मात्रै खाए कुटाइ

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै शनिबारदेखि संघर्षको

मुस्ताङको लेते–धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ– थासाङ गाउँपालिकामा निर्माणाधीन लेते–धम्पु प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ