एन्फालाई एएफसीको जरिवाना | Khabarhub Khabarhub

एन्फालाई एएफसीको जरिवाना


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एसियाली फुटबल महासंघ (एएफसी)ले १० हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

एएफसीको बुधबार बसेको बैठकले एन्फाले गलत तरिकाले क्लबहरुलाई लाईसेन्स वितरण गरेको भन्दै जरिवाना तिराउने निर्णय गरेको हो ।

एएफसीका अनुसार क्लब ‘लाईसेन्सिङ’ नियमावलीभन्दा बाहिर रहेर क्लबहरुलाई लाइसेन्स वितरण गरेको जनाएको छ ।

फिफाले एएफसीलाई सन् २०१९ भित्र आफ्ना सदस्य राष्ट्रलाई क्लब लाईसेन्सिङ प्रणाली शुरु गर्न निर्देशन दिएको थियो । सोहीअनुसार एन्फाले ए डिभिजन लिग खेल्ने ९ क्लबलाई लाईसेन्सका लागि प्रस्ताव गरेको थियो भने उनै ९ क्लबलाई एएफसीले क्लब लाईसेन्स प्रदान गरेको थियो ।

एएफसीले क्लब लाईसेन्स पाएका टिमलाई मात्र एएफसीको आधिकारिक प्रतियोगितामा सहभागिता गराउँदै आएको छ । सोही अनुसार २०७५ को लिग च्याम्पियनको हैसियतमा मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप खेलेको थियो ।

क्लब लाईसेन्सका लागि आवश्यक शर्त समेत पुरा नगरेका क्लबलाई लाईसेन्स वितरण गरेपछि एएफसीले एन्फालाई १० हजार जरिवाना गरेको हो । एएफसीले सोही गल्ती पुन: दोहोर्‍याए दुई बर्षको प्रतिबन्धसहित ३५ हजार डलरभन्दा बढी जरिवाना गर्ने चेतावनी एन्फा दिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ३ : ०१ बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको