एन्फालाई एएफसीको जरिवाना « Khabarhub

एन्फालाई एएफसीको जरिवाना


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एसियाली फुटबल महासंघ (एएफसी)ले १० हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

एएफसीको बुधबार बसेको बैठकले एन्फाले गलत तरिकाले क्लबहरुलाई लाईसेन्स वितरण गरेको भन्दै जरिवाना तिराउने निर्णय गरेको हो ।

एएफसीका अनुसार क्लब ‘लाईसेन्सिङ’ नियमावलीभन्दा बाहिर रहेर क्लबहरुलाई लाइसेन्स वितरण गरेको जनाएको छ ।

फिफाले एएफसीलाई सन् २०१९ भित्र आफ्ना सदस्य राष्ट्रलाई क्लब लाईसेन्सिङ प्रणाली शुरु गर्न निर्देशन दिएको थियो । सोहीअनुसार एन्फाले ए डिभिजन लिग खेल्ने ९ क्लबलाई लाईसेन्सका लागि प्रस्ताव गरेको थियो भने उनै ९ क्लबलाई एएफसीले क्लब लाईसेन्स प्रदान गरेको थियो ।

एएफसीले क्लब लाईसेन्स पाएका टिमलाई मात्र एएफसीको आधिकारिक प्रतियोगितामा सहभागिता गराउँदै आएको छ । सोही अनुसार २०७५ को लिग च्याम्पियनको हैसियतमा मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप खेलेको थियो ।

क्लब लाईसेन्सका लागि आवश्यक शर्त समेत पुरा नगरेका क्लबलाई लाईसेन्स वितरण गरेपछि एएफसीले एन्फालाई १० हजार जरिवाना गरेको हो । एएफसीले सोही गल्ती पुन: दोहोर्‍याए दुई बर्षको प्रतिबन्धसहित ३५ हजार डलरभन्दा बढी जरिवाना गर्ने चेतावनी एन्फा दिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ३ : ०१ बजे

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि