सामाजिक सुरक्षा कोषमा योगदान गरेबापत दुई जना लाभान्वित « Khabarhub

सामाजिक सुरक्षा कोषमा योगदान गरेबापत दुई जना लाभान्वित


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट योगदान गरेबापत २ जनाले सुविधा लिएका छन् । गत वर्षदेखि कोषमा योगदान गरेबापत मृतकको आश्रित परिवारलाई कोष‍ले निवृत्तिभरण वापतको सुविधा प्रदान गरेको हो ।

क्लोजर सिष्टम ईण्टरनेशनल नेपालीमा कार्यरत ईञ्जिनियर रुपेन्द्र थापा र कैरोश क्याफेमा कार्यरत प्रकाश तामाङको सडक दुर्घटनामा मृत्यु भएपछि उनीहरुको परिवारलाई आश्रित परिवार सुरक्षा योजना अन्तर्गत प्रति परिवार रु २५ हजार तथा मासिक निवृत्तिभरण वापतको सुविधा प्रदान गर्न थालिको कोषले जानकारी दिएको छ ।

कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीका अनुसार योगदान गरेका दुई जनाले सेवा सुविधा पाउन थालेको जानकारी दिए । आधारभूत तलव अनुसार नै यो सुविधा दिइने भएका कारण आश्रित परिवारले प्राप्त गर्ने रकम पनि फरक पर्ने कार्यकारी निर्देशक ज्ञवालीले बताए ।

कोषका अनुसार आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम निजको आश्रितलाई प्रदान गर्ने व्यवस्था छ ।

सो व्यवस्थाअनुसार थापाकी श्रीमतीले मासिक १७ हजार १ सय आजिवन पाँउछिन् । तामाङका परिवारले मासिक १० हजार २ सय प्राप्त गर्नेछन् । यसैगरी निजहरुले जम्मा गरेको योगदान रकम मध्ये वृद्धावस्था सुरक्षा योजना अन्तर्गतको संकलित रकम तथा प्रतिफल पनि थापा र तामाङका परिवारलाई प्रदान गर्ने प्रक्रिया अगाडी बढिसकेको कोषले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ३ : १३ बजे

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही