फुटसल प्रशिक्षक गुरुङलाई एक खेलको प्रतिबन्धसहित १ हजार जरिवाना « Khabarhub

फुटसल प्रशिक्षक गुरुङलाई एक खेलको प्रतिबन्धसहित १ हजार जरिवाना


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाली राष्ट्रिय फुटसल टोलीका प्रशिक्षक विष्ण गुरुङमाथि एक खेलमा प्रतिवन्धसहित १ हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

एएफसी फुटसल च्याम्पियनसिपअन्तर्गत ताजिकिस्तान विरुद्धको खेलमा गुरुङले अनुशासन विपरित गतिविधी गरेको भन्दै रेफ्रिले कारवाही गरेका थिए । जसमा उनलाई अनुशासन कमिटीले एक खेलको प्रतिबन्धसहित १ हजार जरिवाना लगाइएको हो ।

उनको यो कारवाही जारी एएफसी फुटसल च्याम्पियनसिपमा लागू हुनेछ । २४ अक्टोबरमा भएको खेलमा गुरुङले गरेको व्यवहारका कारण कारवाही गरिएको हो ।

यसका साथै उनलाई एक हजार अमेरीकी डलर पनि जरिवाना लगाएको छ । एएफसीको इथिक्स कमिटीले आर्टिकल ४८.२ अन्तरगत रहेर जरिवाना लगाएको हो । गुरुङलाई लगाएको जरिवाना ३० दिनभित्र चुक्ता गरिसक्नसमेत निर्देशन दिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ३ : ४३ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन