तिहारको पूर्वसन्ध्यामा सुनको मूल्य बढ्यो | Khabarhub Khabarhub

तिहारको पूर्वसन्ध्यामा सुनको मूल्य बढ्यो


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिहारको पूर्वसन्ध्यामा नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । पछिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्यमा शुक्रबार प्रतितोला रु ६ सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु ६ सयले बढेर रु ७१ हजार पुगेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला रु ७० हजार ४ सयमा कारोवार भएको थियो । यसैगरी तेजाबी सुनको मूल्य पनि रु ६ सलले नै वृद्धि भई प्रतितोला रु ७० हजार ७ सय पुगेको छ ।

बिहीबार तेजाबी सुन रु ७० हजार ७ सयमा खरिद बिक्री भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । शुक्रबार चाँदीको मूल्य रु १० ले वृद्धि भई प्रतितोला रु ८६० मा खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ४ : १८ बजे

चितवन निकुञ्ज घुम्ने पर्यटक घटे

भरतपुर – चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको सङ्ख्या घटेको छ

स्वास्थ्यमन्त्रीको गुनासो- नेताको पावर लगाएर सरुवा रोक्ने प्रवृत्तिले उपत्यकाबाहिर चिकित्सक पठाउन गाह्रो

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रद पौडेलले नेताहरूको पावर लगाएर

गड्यौला मल खेतीबालीका लागि बहुउपयोगी

गण्डकी– पोखरा महानगरपालिका–११ का लक्ष्मी अधिकारी र टीकामाया मगरले व्यावसायिक

सिग्देल र पहारीको तर्क- पूर्वराष्ट्रपति राजनीतिमा आउनु हुँदैन, एमालेमा ओलीको विकल्प छैन

काठमाडौं- नेकपा एमालेको जारी नवौँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले

‘६१ लाख फन्डा’ले ‘माग्ने राजा’लाई ब्याकफायर गरेपछि निर्देशकले मागे माफी, निर्माता बोल्दै बोलेनन् !

काठमाडौं – फिल्म ‘माग्ने राजा’का निर्देशक ऋषि लामिछानेले ‘६१ लाख