श्रम मन्त्रालयको ‘कल सेन्टर’ तिहारको बिदामा पनि खुल्ने « Khabarhub

श्रम मन्त्रालयको ‘कल सेन्टर’ तिहारको बिदामा पनि खुल्ने


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ तिहारको सार्वजनिक बिदाका दिन पनि नियमितरुमा सञ्चालित हुने भएको छ ।

मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै यही कात्तिक १० देखि १२ गते तिहारका बिदाका दिन बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म नियमित सञ्चालनमा आउने जनाएको हो ।

बिदापश्चात् सो सेवा बिहान ७ः०० देखि साँझ ९ः०० बजेसम्म सञ्चालनमा आउनेछ । मन्त्रालयले श्रम, रोजगार क्षेत्रका साथै वैदेशिक रोजगारीसम्बन्धी गुनासोको तत्कालै सुनुवाइ गर्न कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

यसैबीच वैदेशिक रोजगारीका क्रममा निधन भएका नेपाली कामदारको निःशुल्क शव ढुवानी सेवा तिहारको बिदामा पनि निरन्तर सञ्चालनमा आउने भएको छ ।

वैदेशिक रोजगार बोर्डले आज एक सूचना जारी गर्दै यही कात्तिक ९ देखि १३ गतेसम्मको बिदाका क्रममा मृतकको शवलाई निजको घर ठेगानासम्म निःशुल्क ढुवानी कार्य नियमित हुने जनाएको छ । शव ढुवानीमा सहजीकरण गर्न बोर्डले तीन कर्मचारीलाई तयारी अवस्थामा राखेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ५ : ०६ बजे

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही