श्रम मन्त्रालयको ‘कल सेन्टर’ तिहारको बिदामा पनि खुल्ने « Khabarhub

श्रम मन्त्रालयको ‘कल सेन्टर’ तिहारको बिदामा पनि खुल्ने


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ तिहारको सार्वजनिक बिदाका दिन पनि नियमितरुमा सञ्चालित हुने भएको छ ।

मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै यही कात्तिक १० देखि १२ गते तिहारका बिदाका दिन बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म नियमित सञ्चालनमा आउने जनाएको हो ।

बिदापश्चात् सो सेवा बिहान ७ः०० देखि साँझ ९ः०० बजेसम्म सञ्चालनमा आउनेछ । मन्त्रालयले श्रम, रोजगार क्षेत्रका साथै वैदेशिक रोजगारीसम्बन्धी गुनासोको तत्कालै सुनुवाइ गर्न कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

यसैबीच वैदेशिक रोजगारीका क्रममा निधन भएका नेपाली कामदारको निःशुल्क शव ढुवानी सेवा तिहारको बिदामा पनि निरन्तर सञ्चालनमा आउने भएको छ ।

वैदेशिक रोजगार बोर्डले आज एक सूचना जारी गर्दै यही कात्तिक ९ देखि १३ गतेसम्मको बिदाका क्रममा मृतकको शवलाई निजको घर ठेगानासम्म निःशुल्क ढुवानी कार्य नियमित हुने जनाएको छ । शव ढुवानीमा सहजीकरण गर्न बोर्डले तीन कर्मचारीलाई तयारी अवस्थामा राखेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ५ : ०६ बजे

के सबै पुरुष ‘बलात्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी– जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ