तीन महिनामा एक हजार नागरिकता वितरण « Khabarhub

तीन महिनामा एक हजार नागरिकता वितरण


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- जिल्ला प्रशासन कार्यालयले दार्चुलाले तीन महिनामा एक हजार नागरिकता वितरण गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सो सङ्ख्यामा नागरिकता वितरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले तीन महिनामा ६०१ पुरुष र ३७१ महिला गरी ९७२ लाई नागरिकता वितरण गरेको छ । यस अवधिमा महिलाभन्दा पुरुषले दुई गुणा बढी नागरिकता लिएका छन् ।

यस्तै आठ महिलाले बैवाहिक अंगिकृत नागरिकता लिएका छन् भने तीन महिलाले नेपाली नागरिकता परित्याग गरेका छन् । चार सय १६ ले नागरिकताको प्रतिलिपि लिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले यस अवधिमा दुई पुरुष र चार महिला गरी छ लाई नाबालक परिचयपत्र जारी गरेको छ । यसैगरी ५२ पुरुष र १२ महिला गरी ६४ ले जिल्लाबाट राहदानी पाएका छन् भने २१२ पुरुष र १५ महिला गरी २२७ ले केन्द्रबाट राहदानी लिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले सूचनाको हकअनुसार तीन महिनामा प्रवाह गरेका सेवा सार्वजनिक गरेको छ । यस अवधिमा कार्यालयले १५ हातहतियार नवीकरण र तीन हातहतियार नामसारी गरेको छ ।

यस्तै आदिवासी जनजाति दलित प्रमाणित ८८, नामथर प्रमाणित १४४ र जन्ममिति प्रमाणित १६ को गरेको छ । बहुयात्रा अनुमतिपत्र जारी १०६, ताक्लाकोट अनुमतिपत्र २९ र ताक्लाकोट प्रवेश अनुमतिपत्र नवीकरण ३५ जनाको गरेको जनाइएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ५ : २३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै