प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्ने विप्लवका ४ कार्यकर्ता ललितपुरबाट पक्राउ « Khabarhub

प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्ने विप्लवका ४ कार्यकर्ता ललितपुरबाट पक्राउ


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउन खोज्ने विप्लव समूहका चार जनालाई प्रहरीले ललितपुरको लुभुबाट पक्राउ गरेको हो ।

प्रधानमन्त्री ओलीको पुत्ला जलाउने तयारीमा रहेका ४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष तामाङले जानकारी दिए ।

पक्राउ पर्नेमा पाँचथरका २१ वर्षीय निकुञ्ज सेवा, काभ्रेका ६० वर्षीय जित बहादुर खपाङ्गी, भक्तपुरका २७ वर्षीय श्रवण भन्ने बिजेश ढकाल र भोजपुरका ४२ वर्षीय पेम्बा जम्बु शेर्पा रहेका छन् ।

उनीहरुलाई जिल्ला अदालत ललितपुरले सार्वजनिक स्थानमा शान्ति खलल गरेको कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ५ : ५१ बजे

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि