डुइङ बिजनेसमा सुधार देखिनु कडा मेहनतको प्रतिफल : अर्थमन्त्री खतिवडा « Khabarhub

डुइङ बिजनेसमा सुधार देखिनु कडा मेहनतको प्रतिफल : अर्थमन्त्री खतिवडा


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले ‘डुइङ विजिनेस–२०२०’ मा नेपालको स्थानमा सुधार आउनुमा नेपाली सरोकारवाला सहकर्मीको कडा मेहनतको प्रतिफल भएको बताएका छन् ।

अर्थमन्त्रालय र विश्व बैंक समूहको संयुक्त आयोजनामा नेपाल डुइङ विजिनेस सूचकाङ्कमा सुधार सम्बन्धमा आयोजित सम्मेलनमा मन्त्री खतिवडाले संघीयता खर्चिलो व्यवस्था भन्दै शङ्का उब्जाइएको अवस्थामा यस्तो सफलता हासिल हुनु निश्चय नै खुशीको कुरा भएको बताए ।

उनले संघीयता कार्यान्वयनको दोस्रो वर्षमै यो सफलता हासिल हुनुमा सङ्क्रमणकाल छोट्याउनु र एक वर्षमै दर्जनौँ कानून बन्नु पनि भएको बताए ।

उनले यसले हामीलाई वित्तीय संघीयता कार्यान्वयन गर्न प्रोत्साहित गरेको र अर्को वर्षदेखि हामीलाई समस्या नहुने पनि उनले बताए ।

‘हामीले उद्योग व्यवसायका लागि सडक पहुँच र बिजुली पु¥याएका छौँ, भन्सारका पूर्वाधारमा सुधार गरेको छौं’, अर्थमन्त्री खतिवडाले भने ।

कार्यक्रममा विश्व बैंक समूहका देशीय निर्देशक फरिस एच हदाद जर्भोसले नेपालले डुइङ विजिनेसमा राम्रो सफलता हासिल गरेको र राम्रो कार्य सम्पादन गरेको तर यो यात्राको शुरुआत मात्र भएको बताए ।

उनले नेपाल सरकारसँग यस विषयमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । “यो एउटा सुखद् समाचार हो तर पनि चुनौती अझै पनि रहेका छन् ।नेपालले १६ स्थान सुधार गर्नु निश्चय नै निकै सकारात्मक कुरा हो”, उनले भने ।

विश्व बैंकले बिहीबार प्रकाशित गरेको विश्वव्यापी डुइङ विजिनेस सूचाङ्क अर्थात् व्यापार व्यवसाय गर्ने वातावरणको सूचकाङ्कमा नेपाल अघिल्लो वर्षको ११० स्थानबाट ९४ स्थानमा उक्लेको प्रतिवेदन प्रकाशित गरेको थियो ।

सूचकाङ्कमा विश्वका १९० राष्ट्रको मूल्याङ्कन गरिएको थियो । नेपालले १०० पूर्णाङ्कमा ६३.२ अङ्क प्राप्त गरेको थियो । सूचकाङ्कमा सार्क राष्ट्रहरु श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान नेपालभन्दा पछि नै रहेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  १० : १५ बजे

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको

शहीद उमेशकी आमा भन्छिन् : छोराको निधनपछि मन आत्तिएको छ, सरकारले जनाताको भलो गरोस्

काठमाडौं– जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश महतको

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम