तिहारको व्यस्त बजारः मखमली 'माला'देखि माटोको 'पाला' आकर्षण (फोटो फिचर) | Khabarhub Khabarhub

तिहारको व्यस्त बजारः मखमली ‘माला’देखि माटोको ‘पाला’ आकर्षण (फोटो फिचर)


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीको दास्रो ठूलो चाड तिहार शुक्रबारबाट  शुरु भएपनि बजारमा चहलपहल भने एक साताअघि देखि नै छ ।

काठमाडौंको निकै व्यस्त बजार असनमा तिहारका लागि आवश्यक सामानहरु किनमेल गर्न जानेहरुको भीड निकै बाक्लो देखिन थालेको छ l

ठूला पसलदेखि फुटपाथसम्म व्यापारीहरुलाई भ्याइनभ्याइ छ । फूलको मालदेखि माटोको ‘पाला’ (दियो) र ढाँकाटोपी किन्नेहरुको बजारमा ठेलमठेल छ । मिठाइदेखि भाइ मसालासम्म किनेबेच गर्नेहरुको भीड पनि उस्तै बाक्लो छ बजारमा ।

विशेषगरी तिहारका लागि आवश्यक पर्ने भाइमसला, मखमली, सयपत्रीका माला, दियो, ओखर, सप्तरंगी टिका, फलफुल, बिमिरो, रातो माटो, ढाका टोपी, झिलीमिली बत्तीहरु विक्रि भइरहेको व्यापारीहरु बताउँछन् ।

दशैं तिहार लगायतका चाडपर्वका समयमा प्रायजसो ढाकाको टोपी बढि विक्री हुने गर्छ । दाजुभाइको शिर उच्च रहोस् भन्ने मान्यताले तिहारमा दिदीबहिनीले दाजुभाईलाई सप्तरंगी टिकासँगै ढाकाको टोपी लगाइदिने गर्छन् ।

व्यवसायीका अनुसार तिहारअघिको अन्तिम साता ढाका टोपीको व्यापार निकै राम्रो हुने गर्छ । ‘तिहारमा सयपत्री मखमली फूलको जति महत्व हुन्छ त्यति नै महत्व ढाका टोपीको पनि हुन्छ’ असनस्थित एक टोपी व्यापारी भन्छन्, ‘त्यसकारण ढाकाटोपीको खपत निकै हुन्छ तिहारको समयमा ।’

लक्ष्मीपूजाका दिन घरघरमा धनकी देवी लक्ष्मीको पूजा गर्ने र फूलमाला र बत्तीले सजाउने हुँदा पनि तिहारका ५ दिन मानिसहरुको भीड लाग्ने गरेको असनस्थित मालाका व्यापारी सुरेश महर्जनले बताए ।

झिलीमिलीका बत्तीका र दियो लक्ष्मीपूजाका दिनसम्म विक्रि हुने गर्दछ भने अन्य सामानहरु भाइटीकाको दिन बिहानसम्म पनि विक्रिवितरण गर्ने गरेका छन् ।

तिहारमा सबैभन्दा बढि बिक्री हुने भाइमसला एवम् मिठाइका प्याकेट बजारमा जताततै देखिन थालेका छन् । तिहारमा दिदीबहिनीले दाजुभाइलाई दिइने मसला काजु, किसमिस, बदाम, पेस्ता, नरिवल, ओखर लगायतका सरसामान किन्नका लागि यतिबेला शहर बजारका अधिकांश पसलमा मानिसहरुको भीडभाड बढको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ९ : ४१ बजे

सदन खुलाउन प्रधानमन्त्री, सभामुख र ओलीबीच छलफल सुरु 

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, ​​​​​​​प्रतिनिधि

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय

सदनको अवरोध भोलि बिहानसम्म खुल्ने प्रधानमन्त्रीको दाबी 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को अवरोध भोलि बिहानसम्म खुल्ने

कांग्रेसको दाबी : समिति बनाउन प्रधानमन्त्री तयार, सत्तापक्षसँग छलफल गर्ने 

काठमाडौं– नेपाली कांग्रेसले संसद्‌मा उठाएको गृहमन्त्री रवि लामिछानेमाथिको छानबिन समिति

कांग्रेससँग छलफल सकेर प्रधानमन्त्री पेरिसडाँडामा 

काठमाडौं– सदन खुलाउने विषयमा कांग्रेस नेताहरूसँग छलफल गरेर प्रधानमन्त्री कोटेश्वर