बढ्यो लगानी आकर्षण : साढे १ अर्ब आन्तरिक लगानी, साढे १५ अर्ब वैदेशिक लगानी प्रतिबद्धता | Khabarhub Khabarhub

बढ्यो लगानी आकर्षण : साढे १ अर्ब आन्तरिक लगानी, साढे १५ अर्ब वैदेशिक लगानी प्रतिबद्धता


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगानी वातावरण सुधार गर्नका लागि नीतिगत तथा व्यावहारिक सुधारमा सरकारले तीव्रता दिएसँगै नयाँ उद्योग दर्ता र वैदेशिक लगानी प्रतिबद्धता पनि बढेको छ ।

चालू आर्थिक वर्ष २०७६/०७७ को पहिलो चार महिनामा मात्रै नेपालमा एक खर्ब ३९ अर्ब १९ करोड रुपियाँ लगानीका १३ हजार ११६ उद्योग दर्ता भएको उद्योग विभागको तथ्याङ्कले देखाउँछ । गत वर्षको सोही अवधिमा एक खर्ब नौ अर्ब ४३ करोड रुपियाँ लगानी थपिएको थियो । यसअनुसार चार महिनामा गत वर्षभन्दा ३० अर्ब रुपियाँ बढी लगानी भएको हो ।

गत चौमासिकमा औद्योगिक क्षेत्रमा विदेशी लगानी पनि उच्चदरले बढेको देखिएको छ । गत वर्ष पहिलो चौमासिकमा विभागले आठ अर्ब ४८ करोड रुपियाँको लगानी स्वीकृति दिइएकामा यो वर्ष करिब दोब्बर हुँदै १५ अर्ब ७७ करोड पुगेको देखिएको छ ।

लगानी बोर्डले गत आर्थिक वर्षको पहिलो चार महिनामा ३८ अर्ब ६४ करोडको स्वीकृति दिएको थियो तर अहिले यो परिमाण बढेर ६६ अर्ब ८० करोड पुगेको हो । यो अवधिमा १०४ उद्योगमा वैदेशिक लगानीका लागि स्वीकृति दिइएको थियो ।

विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाका अनुसार उद्योग दर्ता तथा लगानीमा उल्लेख्य प्रगति देखिनुमा राजनीतिक स्थिरता र त्यसले लगानीकर्तामा बढाएको मनोबल पहिलो कारण हो ।

यो वर्ष थपिएका उद्योगमा ठूला उद्योग २८, मझौला उद्योग ४९ र लघु घरेलु तथा साना उद्योगको सङ्ख्या १३ हजार ३८ छन् । लगानी बोर्ड मातहत एउटा उद्योग दर्ता भएको छ । उद्योग विभागले विदेशी लगानी स्वीकृति दिएका १०३ उद्योगमध्ये साना उद्योगतर्फ ५७ उद्योगमा पाँच अर्ब ७८ करोड, मझौलातर्फ ४४ उद्योगका लागि नौ अर्ब २४ करोड र ठूला दुई उद्योगमा ७५ करोड रुपियाँबराबरको विदेशी लगानीको स्वीकृति दिएको छ ।

उत्पादन, सेवामूलक र पर्यटन नेपालमा लगानी आकर्षित गर्ने क्षेत्र हुन् । गत असार मसान्तसम्म उद्योग विभागमा उत्पादनमूलक तीन हजार ७०, सेवामूलक दुई हजार १८७, पर्यटनमा एक हजार ७३२, कृषि तथा वन पैदावारमा ४६९, ऊर्जामूलकमा ३७६ उद्योग दर्ता भएको तथ्याङ्क छ । यीमध्ये विदेशी लगानीसमेत भएका सेवामूलक एक हजार ६१०, पर्यटनका एक हजार ५०३ र उत्पादनमूलक एक हजार १६७ उद्योग छन् ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ७ : १४ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ