कमजोरी पत्ता लगाउनेलाई १७ करोड दिने गुगलको घोषणा « Khabarhub

कमजोरी पत्ता लगाउनेलाई १७ करोड दिने गुगलको घोषणा


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफ्ना केही एन्ड्रोइड स्मार्टफोनमा भएका सुरक्षा त्रुटि पहिचान गरिदिनेलाई प्रविधि वा कम्पनीलाई गुगलले न्यूनतम दुई लाख अमेरिकी डलर (दुई करोड ३० लाख नेपाली रुपैयाँ) देखि अधिकतम १५ लाख अमेरिकी डलर (१७ करोड २५ लाख रुपैयाँ) सम्म पुरस्कार दिने घोषणा गरेको छ ।

यो धनराशी प्राप्त गर्न गुगलले निर्माण गरेको पिक्सल स्मार्टफोनको टाइटन एम सुरक्षा चिपमा त्रुटि फेला पार्नुपर्ने हुन्छ । त्यसो गर्दा केही निश्चित मापदण्ड पनि पूरा भएको हुनुपर्छ । सुरक्षासम्बन्धी विषयका शोधकर्ताहरूलाई सन् २०१५ पछि ४० लाख अमेरिकी डलरभन्दा बढी रकम पुरस्कार दिइसकेको गुगलले बताएको छ ।

गुगलले दिने आर्थिक प्रोत्साहनले मानिसहरूलाई अपराधीहरूबाट पैसा लिन रोक्छ भन्ने कुरामा केही विज्ञहरू विश्वास गर्दैनन् । एपल, बजफीड, फेसबुक र सामसङ जस्ता कम्पनीहरूले पनि सुरक्षा त्रुटिबारे जानकारी गराउने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्ने गरेका छन् ।

अपराधीहरूलाई बेच्नुको साटो समस्या समाधान गर्न सकियोस् भनेर प्रविधि कम्पनीहरूले मानिसहरूलाई त्रुटिबारे जानकारी दिन आग्रह गर्ने गरेका छन् । त्रुटिबारे जानकारी दिनेलाई उनीहरूले आफ्नो ‘बग बाउन्टी’ योजनाअन्तर्गत पुरस्कृत गर्छन् ।

पिक्सल स्मार्टफोनमा टाइटन एम सेक्युरिटी चिप अपरेटिङ सिस्टमको रक्षा गर्न तथा फोन अन्लक गर्न प्रयोग गरिने बायोमेट्रिक डेटा राख्न बनाइएको हो । पन्ध्र लाख अमेरिकी डलर प्राप्त गर्नका लागि शोधकर्ताहरूले उत्पादकले बनाएको विशेष एन्ड्रोइड फोनमा जडित चिपलाई असर पार्न सक्ने तरिका खोज्नुपर्ने हुन्छ ।

तर एक विश्लेषकले भने पुरस्कार रकम बढाउँदैमा त्यस्ता त्रुटि पत्ता लगाउन सक्नेहरूको व्यवहारमा परिवर्तन नआउने बताएका छन् । ‘एपलले रकम बढाएर १० लाख अमेरिकी डलर बनाए जस्तै गुगलको कदमले पनि अपराधीहरूसँग प्रतिस्पर्धा गर्न सक्दैन,’ लुटा सेक्युरिटीकी प्रमुख कार्यकारी केटी मुसोहीले भनिन्, ‘किनभने उनीहरूले जुनसुकै बेला मूल्य बढाइदिन सक्छन् ।’

बीबीसीले समेत समाधान गर्न सकिने समस्याबारे जानकारी गराउने व्यक्तिलाई पुरस्कृत गर्ने गरेको छ । तर सर्वसाधारणबाट संकलित रकमबाट बीबीसी सञ्चालन हुने हुँदा रकमको साटो ‘भिन्न पुरस्कार’ दिने गरिन्छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ७ : ३१ बजे

३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ

काठमाडौँ – काठमाडौँको नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम लागू औषध

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान

कार्यस्थलमा स्तनपान कक्षको अभाव

झापा– झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको

गत वर्ष १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३