४ करोड ४० लाख वर्ष पुरानो क्याटरपिलरको जीवाश्म भेटियो « Khabarhub

४ करोड ४० लाख वर्ष पुरानो क्याटरपिलरको जीवाश्म भेटियो


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैज्ञानिकहरूले ४ करोड ४० लाख वर्ष पुरानो क्याटरपिलरको जीवाश्म भेटेको बताएका छन्। साइन्टिफिक रिपोट्स जर्नलमा प्रकाशित प्रतिवेदन अनुसार उक्त जीवाश्म ठूलो प्रजातिको पुतलीको हो।

म्युनिखस्थित बभारियन स्टेट कलेक्सन अफ जुलोजीका अनुसन्धाताले ५ मिलिमिटरको यो लार्भालाई युजियोमिटर भाडेन्स नामाकरण गरेका छन्। यो लार्भा जियोमेट्राइडे पुतली परिवार अन्तर्गत पर्दछ जसका करिब २३ हजार भिन्न प्रजाति छन्।

रूखको चेपमा फसेकाले उक्त क्याटरपिलरको विशिष्ट संरचना लाखौं वर्षसम्म जोगिएको वैज्ञानिकहरूले बताएका छन्।

‘यसरी क्याटरपिलर भेटिनु दुर्लभ कुरा हो। यति ठूलो प्रजातिको पुतलीको क्याटरपिलर यसरी भेटिएको यो नै पहिलो घटना हो,’ एक्सल हाउसम्यानले भने। उनले अनुसन्धान प्रतिवेदनको सह लेखन गरेका छन्।

अधिकांश पुतलीका प्रजातिभन्दा भिन्न जियोमेट्राइडे क्याटरपिलरको दुई वा तीन जोडी खुट्टा हुन्छन्। अन्यको सामान्यतया पाँच जोडी खुट्टा हुन्छ। यस कारण उनीहरूको चाल अनौठो हुन्छ। अगाडिको खुट्टालाई पछाडिका खुट्टासम्म धकेल्छन् र तन्किन्छन्। यही प्रक्रियालाई दोहोर्यायएर उनी यता उता हिड्छन्।

यो जीवाश्मले इयोसिन युगमा (तीन करोड ४० लाखदेखि पाँच करोड ६० लाख वर्षअघि) उद्विकासको प्रक्रियाबारे जानकारी दिने अनुसन्धाताहरूले बताएका छन्। त्यतिबेला पुतलीका प्रजातिले अन्तर्क्रिया गर्ने फुल्ने वनस्पती स्थापित भइसकेका थिए।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ७ : ५५ बजे

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका निकटका केही व्यक्ति

गगनलाई सभापतिमा निर्विरोध गराउने प्रयास, खड्गीसँग संवाद जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार गगनकुमार थापालाई निर्विरोध

पार्टीलाई बलियो बनाउने गगनको अभियानलाई साथ दिन्छु : सुरेन्द्रराज पाण्डे

काठमाडौं– नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अझ गतिशील र सशक्त

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर, अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो