स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव चौधरी एक महिनादेखि सम्पर्कबिहीन « Khabarhub

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव चौधरी एक महिनादेखि सम्पर्कबिहीन


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा.पुष्पा चौधरी एक महिनादेखि सम्पर्कविहिन भएकी छन्। उनले आफ्नो राजीनामा बुझाएर मन्त्रालयको सम्पर्क बाहिर गएको मन्त्रालय कैअधिकारीहरु बताउँछन् ।

डा चौधरीले गत कात्तिक १३ गते पदबाट राजीनामा दिएकी थिइन । उनको राजीनामा भने मन्त्रिपरिषद्ले अस्वीकृत गर्दै मन्त्रालयमा फिर्ता पठाएको थियो । राजीनामा अस्वीकृत भएको जानकारी ३ मंसिरमा स्वास्थ्य मन्त्रालयमा प्राप्त भएको थियो।

मन्त्रिपरिषद्ले राजीनामा अस्वीकृत गर्दै सोको जानकारी सचिव डा.चौधरीलाई जानकारी दिनसमेत मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य मन्त्रालयमा पत्र पठाए पनि मौखिकरुपमा लिन नसकिएको स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले बताए।

१७ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले चौधरीको राजीनामा अस्वीकृत गरेको थियो। मन्त्रालयमा दुई सचिव राख्ने व्यवस्था भएपछि सचिव डा.चौधरीलाई सरकारले डेढ वर्षअघि सरकारले स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो।

०७५ असोज ८ गते सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णय बदर गर्दै सरुवा र रमाना लगायतका पत्रहरु कार्यान्वयन नगर्न अन्तरिम आदेशपछि उनी पदमा बहाल रहेकी थिइन्। मन्त्रालयमा उनको पदावधि अझै दुई वर्ष भन्दा बढी बाँकी नै छ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ८ : ०६ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ