बबिताले जन्माइन् दुई टाउको र तीन हात भएको अनौठो बच्चा ! « Khabarhub

बबिताले जन्माइन् दुई टाउको र तीन हात भएको अनौठो बच्चा !


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संसारमा कहिले काहीँ अनौठा र रोचक घटना घट्छन् । मान्छेलाई पत्याउनै मुस्किल हुन्छ । एउटा यस्तै घटना हालै भारतमा घेटेको हो । जहाँ एक महिलाले अनौठो बच्चालाई जन्म दिएकी छिन् । भारतको मध्ये प्रदेशको विदिशा लिल्लाको घटना हो ।

ती महिलाले दुई टाउको, तीन हात र चार पञ्जा भएको बच्चाको जन्म दिएकी हुन् । उक्त समाचार अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । यस बच्चालाई देखेर चिकित्सकहरु पनि हैरान बनेका छन् ।

मध्येप्रदेशको विदिशा जिल्लास्थित गंज बसौदाकी २१ वर्षीया बबिता अहिरवारले उक्त बच्चा जन्माएकी हुन् । उक्त नवजात शिशूको दुई वटा टाउको, तीन हात छन् । बच्चाको घाँटीमै अर्को टाउको जोडिएको छ । दुई हात सामान्य भए पनि तेस्रो हात भने बच्चाको दुईवटा टाउको जोडिएको बीचभागबाट निस्किएको छ ।

बबिताको विवाह करिव डेड वर्ष अघि भएको थियो । यो उनको पहिलो बच्चा भएको अस्पतालले जनाएको छ । बबिता जब गर्भवती थिइन्, तब उनीमा जुम्ल्याहा बच्चाको चासो राख्ने गर्थिन् । त्यसैले पनि यस्तो बच्चाको विकास भएको हुनसक्ने पारिवारका सदस्यले बताएका छन् ।

तर, सामान्यतया यस्तो अवस्था त्यसबेला हुन्छ , जब महिलाको गर्भमा भ्रूणको ठिक रुपमा विकास हुन सक्दैन । यो स्थिति एक लाखमा एक जनामा त्यो पनि विरलै मात्रामा हुने चिकित्सकहरु बताउँछन् । उपचारमा संलग्न चिकित्सकका अनुसार विदिशामा भने यो पहिलो घटना भएको हो ।

विदिशा जिल्लाका चिकित्सकले बताए अनुसार बच्चाको एक हातमै दुईवटा हत्केला छन् । सवैभन्दा महत्वपूर्ण कुरा उक्त नवजात शिशूको जम्मा एउटा मात्र मुटु भएको चिकित्सकहरुले बताएका छन् ।

उक्त नवजात शिशू जन्माउँदा अपरेशन गर्ने चिकित्सकले बताएअनुसार यो एकदमै क्रिटिकल अपरेशन थियो, किनकी हामीले यस्तो अनौठो बच्चाको कल्पना समेत गरेका थिएनौं । अपरेशन पश्चात परिवारका सदस्यहरु पनि निकै हैरान थिए । किनकी बच्चाकी आमालाई हामीले बच्चाको विषयमा केही जानकारी गराएका थिएनौं ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ६ : ३० बजे

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

लमजुङ– लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन

राष्ट्रिय झण्डा प्रयोग गर्दा संयम हुन कांग्रेसको निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले चुनावी अभियानका क्रममा राष्ट्रिय झण्डाको प्रयोग

आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले

नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल यात्रीलाई

काठमाडौं- ८ : विराजभक्त र सुमनको टक्कर, कसले बाजी मार्ला

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंमा चुनावी सरगर्मी