बबिताले जन्माइन् दुई टाउको र तीन हात भएको अनौठो बच्चा ! « Khabarhub

बबिताले जन्माइन् दुई टाउको र तीन हात भएको अनौठो बच्चा !


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संसारमा कहिले काहीँ अनौठा र रोचक घटना घट्छन् । मान्छेलाई पत्याउनै मुस्किल हुन्छ । एउटा यस्तै घटना हालै भारतमा घेटेको हो । जहाँ एक महिलाले अनौठो बच्चालाई जन्म दिएकी छिन् । भारतको मध्ये प्रदेशको विदिशा लिल्लाको घटना हो ।

ती महिलाले दुई टाउको, तीन हात र चार पञ्जा भएको बच्चाको जन्म दिएकी हुन् । उक्त समाचार अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । यस बच्चालाई देखेर चिकित्सकहरु पनि हैरान बनेका छन् ।

मध्येप्रदेशको विदिशा जिल्लास्थित गंज बसौदाकी २१ वर्षीया बबिता अहिरवारले उक्त बच्चा जन्माएकी हुन् । उक्त नवजात शिशूको दुई वटा टाउको, तीन हात छन् । बच्चाको घाँटीमै अर्को टाउको जोडिएको छ । दुई हात सामान्य भए पनि तेस्रो हात भने बच्चाको दुईवटा टाउको जोडिएको बीचभागबाट निस्किएको छ ।

बबिताको विवाह करिव डेड वर्ष अघि भएको थियो । यो उनको पहिलो बच्चा भएको अस्पतालले जनाएको छ । बबिता जब गर्भवती थिइन्, तब उनीमा जुम्ल्याहा बच्चाको चासो राख्ने गर्थिन् । त्यसैले पनि यस्तो बच्चाको विकास भएको हुनसक्ने पारिवारका सदस्यले बताएका छन् ।

तर, सामान्यतया यस्तो अवस्था त्यसबेला हुन्छ , जब महिलाको गर्भमा भ्रूणको ठिक रुपमा विकास हुन सक्दैन । यो स्थिति एक लाखमा एक जनामा त्यो पनि विरलै मात्रामा हुने चिकित्सकहरु बताउँछन् । उपचारमा संलग्न चिकित्सकका अनुसार विदिशामा भने यो पहिलो घटना भएको हो ।

विदिशा जिल्लाका चिकित्सकले बताए अनुसार बच्चाको एक हातमै दुईवटा हत्केला छन् । सवैभन्दा महत्वपूर्ण कुरा उक्त नवजात शिशूको जम्मा एउटा मात्र मुटु भएको चिकित्सकहरुले बताएका छन् ।

उक्त नवजात शिशू जन्माउँदा अपरेशन गर्ने चिकित्सकले बताएअनुसार यो एकदमै क्रिटिकल अपरेशन थियो, किनकी हामीले यस्तो अनौठो बच्चाको कल्पना समेत गरेका थिएनौं । अपरेशन पश्चात परिवारका सदस्यहरु पनि निकै हैरान थिए । किनकी बच्चाकी आमालाई हामीले बच्चाको विषयमा केही जानकारी गराएका थिएनौं ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ६ : ३० बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा