वैज्ञानिक वन व्यवस्थापन शुरु | Khabarhub Khabarhub

वैज्ञानिक वन व्यवस्थापन शुरु


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- पहिलो पटक वैज्ञानिक वन व्यवस्थापनको काम शुरु हुने भएको छ । जिल्लामा रहेका वन व्यवस्थापनसँगै आयमूलक बनाउने उद्देश्यले डिभिजन वन कार्यालय भोजपुरले वैज्ञानिक वन व्यवस्थापन थालनी गर्न लागेको हो ।

अरुण गाउँपालिकास्थित बञ्चेर सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको काम शुरु भएको तथा अन्य तीन वन छनोट प्रक्रियामा रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

तराईका जिल्लामा यस्तो तरिकाले वन व्यवस्थापन भइरहे पनि भोजपुरमा भने पहिलो पटक शुरु गर्न लागिएको डिभिजन वन कार्यालयको भनाइ छ । वनको दिगो व्यवस्थापनसँगै उपभोक्तामा आयआर्जन जोड्नका लागि कार्यक्रम थालनी गरिएको हो ।

धेरै सामुदायिक वनमा रहेका काठपात जङ्गलमा सडेर गएको अवस्थामा वैज्ञानिक वन व्यवस्थापनबाट वनको संरक्षणसँगै आयआर्जनमा समेत टेवा पुग्ने डिभिजनल वन अधिकृत फणीन्द्र पोखरेलले जानकारी दिए। पोखरेलले भने, ‘मैले यहाँका धेरै वनको अनुगमन गरेको छु, यहाँ वनहरुको उचित व्यवस्थापन भएको छैन, हामीले वैज्ञानिक वन व्यवस्थापनमा गर्‍यौं भने यसबाट आर्थिक उपार्जनमा पनि सहयोग पुग्ने देखिन्छ ।’

वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत जङ्गलमा रहेका पुराना तथा सडेका काठ हटाउने तथा त्यस्ता ठाउँमा नयाँ नर्सरी गर्नेलगायत कार्य हुने उनको भनाइ छ ।

वनको व्यवस्थापनमा रुख मात्र काटेर सखाप पार्ने नभई जङ्गलको वैज्ञानिक तवरबाट संरक्षण पनि पर्छ । ‘मानिसमा वन व्यवस्थापनका बारेमा त्यति जानकारी छैन । यो पद्धति भनेको जङ्गलका रुख काट्नेभन्दा पनि सडेका, ढलेका कुहिएका तथा बूढा रुखलाई हटाएर साना बिरुवालाई हुर्काउने नै हो’, पोखरेलले भने।

सरोकार पक्षले भने यो कार्य रामो भए पनि व्यवस्थापनका नाममा काठ तस्करी पनि बढ्ने भन्दै त्यसतर्फ उपभोक्ता सजग तथा अग्रसर हुनुपर्ने बताएको छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय सदस्य सविना राईले सुन्दा सजिलो भए पनि कार्यान्वयनमा समस्या हुनसक्ने बताए ।

राईले भने, ‘यो राम्रो काम हो तर कार्यविधिअनुसार अगाडि बढ्न सकिएन भने यसले समस्या पनि सिर्जना गर्न सक्छ, यसअघि पनि सामुदायिक वन उपभोक्ताहरुले वनको संरक्षण तथा विकास र विस्तार गरेका छन्, तर अहिले आएर रुख काट्दा उनीहरुमा कस्तो धारणा आउला यसलाई पनि बुझ्न आवश्यक छ । उनीहरुलाई उचित जानकारी दिनुपर्छ ।’

जिल्लामा पाँच सय बढी सामुदायिक वन रहेको भए पनि आयमूलक हुन नसकेको बताइएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल जिल्ला महासङ्घ भोजपुरका अध्यक्ष राजन राईले भने, ‘यो धारणा राम्रो छ, वन भनेको हेरेर बस्नलाई मात्र राख्ने होइन, यसलाई उपभोक्ताको आयआर्जनसँग पनि जोड्नुपर्छ तर व्यवस्थापन भन्दैमा वन सखाप बनाएर ठेकेदारलाई मात्र त लाभ दिनु हुँदैन । कतिपय ठाउँमा रुख सबै काटेर हलोले जोतेर बोटबिरुवाको बीउबिजन लगाएको पनि देखिएको छ, पक्कै पनि यो वैज्ञानिक वन व्यवस्थापन होइन होला, त्यसैले यसलाई प्रभावकारी बनाउन हामी सबै जिम्मेवार हुन आवश्यक छ ।’

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ९ : ३६ बजे

राष्ट्रिय परिचयपत्र विवादको मुद्दामा सर्वोच्चले आज निर्णय सुनाउँदै

काठमाडौं– राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्च अदालतले आज निर्णय सुनाउने तयारी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको

पूर्व डीआईजी जोशी अदालतमा उपस्थित, न्यायाधीश खरेलको इजलासमा पेसी

काठमाडौं- काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अचलन प्रकरणमा पूर्वडीआईजी छविलाल

सुप्रिम सहकारी ठगीमा रविविरुद्ध मुद्दा दर्ता हुँदै

रुपन्देही– जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले आज बुटवलस्थित सुप्रिम सहकारी

किवीका बिरुवा बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी

डडेल्धुरा– किवीको बिरुवा बिक्री गरेर आलिताल गाउँपालिका–२ का लक्ष्मण थापामगरले