अनमोल केसीले अवार्ड पाउँदा साँच्चिकै ‘गर्व’ महसूस गर्छन्? « Khabarhub

अनमोल केसीले अवार्ड पाउँदा साँच्चिकै ‘गर्व’ महसूस गर्छन्?


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता अनमोल केसीको स्टारडम नेपालका सेलिब्रेटीमा सबैभन्दा माथि छ । फिल्म ‘होस्टेल’ बाट फिल्म उद्योगमा छाएका अनमोलमाथि लगानी गर्न निर्माताहरुले पालो कुर्नुपर्ने अवस्था छ ।

उनले अभिनय गरेका धेरै फिल्म व्यावसायिक रुपमा सफल छन् । फिल्म ‘कृ’ र ‘क्याप्टेन’ बाहेक अरु फिल्मका निर्मातालाई अनमोलले नाफामा लगे । यतिबेला अनमोल अवार्ड समारोहमा सहभागी हुन जापान पुगेका छन् । जापानमा हालै सम्पन्न भएको र दर्शकले नपत्याएको ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ मा अनमोल सहभागी हुन जापान उडेका थिए ।

यो अवार्ड समारोहमा उनले सर्वाधिक लोकप्रिय विधामा अवार्ड हात पारे, त्यो पनि फिल्म ‘क्याप्टेन’ बाट । जबकि, यो फिल्म अनमोलको करिअरकै सबैभन्दा कमजोर फिल्म हो ।

हुन त कतिपयले अनमोललाई कलाकार मान्न पनि तयार छैनन् । उनले राम्रो अभिनय गर्न नसकेको भन्दै सधै विरोध हुने गर्छ । यद्यपि एक खाले दर्शक भने अनमोलका ‘डाइहार्ट फ्यान’ बनेका छन् ।

अनमोलले आइतबार मात्र अवार्ड हात पारेपछि सामाजिक सञ्जालमा अवार्ड पाएकोमा खुशी व्यक्त गर्दै तस्वीर पोस्ट गरे । यस्तो लाग्छ, उनी यो अवार्ड पाउँदा निकै खुशी थिए ।

अनमोललाई कुनै पनि अवार्ड समारोहमा त्यतिखेर मात्र देखिन्छ, जब उनले अवार्ड पाउने पक्काजस्तै हुन्छ । यो गसिप मात्र चल्ने होइन कि, यदि कुनै अवार्ड समारोहमा अनमोल छन् भने त्यहाँ बुझ्न सकिन्छ, अनमोलका पोल्टामा कुनै न कुनै अवार्ड पुग्यो ।

प्रायः उत्कृष्ट अभिनेता, सर्वाधिक लोकप्रिय अभिनेताको अवार्ड पाउने अनमोल के अवार्ड पाउँदा साँच्चिकै खुशी हुन्छन् त? आजकाल दर्शकले यसरी प्रश्न सोध्न थालेका छन् ।

अभिनयमा कहिल्यै सुधार नगर्ने तर अवार्ड थाप्दा दर्शकलाई माया र समर्थन गरेको भन्दै धन्यवाद दिने अनमोलले पाएका अवार्ड घरमा थन्किएर मात्र त पक्कै केही हुने होइन ।

अनमोलले अब अवार्डको लोभ त्यागेर आफ्नो अभिनयलाई नेपाली दर्शकमाझ मात्र नभएर विदेशी दर्शकसम्म पुर्‍याउने कुनै प्रयास पो गर्ने हो कि? फिल्ममा राम्रो काम गर्न नसक्ने तर हरेक वर्ष ‘उत्कृष्ट अभिनेता’ को अवार्ड थाप्दा ‘स्टारडम’ को गर्विलो शान कतै धरमर गर्ने त होइन?

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ११ : २४ बजे

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्