क्याटलोनियाको इआरसीले स्पेनको नयाँ सरकारलाई सहयोग गर्ने « Khabarhub

क्याटलोनियाको इआरसीले स्पेनको नयाँ सरकारलाई सहयोग गर्ने


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनको स्वायत्त क्षेत्र क्याटलोनियाको सबै भन्दा ठूलो पार्टीले स्पेनको नयाँ सरकारलाई समर्थन गर्ने भएको छ।

क्याटलोनियालाई स्पेनबाट स्वतन्त्र बनाउनु पर्ने माग गर्दै आएको पार्टी एस्क्वेरा रिपब्लिकाना डी क्याटालुनिया (इआरसी) ले स्वतन्त्रता सम्बन्धी वार्तामा फर्किनलाई सरकारको समर्थन गर्ने निर्णय गरेको हो ।

सोसल डेमोक्र्याटिक पार्टी इआरसीका ९५ प्रतिशत सदस्यले सरकारलाई समर्थन गर्ने पक्षमा मत दिएका हुन् । अब नोभेम्बरमा भएको चुनावमा बहुमत ल्याउन नसकेको सोसलिस्ट पार्टी नेतृत्वको सरकारका लागि किङ्गमेकर बन्न सक्ने छ ।

सोसलिस्टले एन्टी–क्यापिटलिस्ट पार्टी पोडेमोससँग पनि गठबन्धन बनाउने क्रम जारी राखेको छ । सोसलिस्टको १२० तथा पोडेमोसको ३५ गरेर १५५ सिट पुगे पनि सरकार बनाउनका लागि चाहिने १७६ सिट भन्दा कम हो ।

तर इआरसीले समर्थन गर्ने बताएपछि बहुमतको नजिक पुग्ने देखिएको छ । इआरसीको १३ सांसद छन् । अरु वामपन्थी पार्टीले पनि समर्थन गर्न सक्ने सम्भावना छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १२ : १७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना