अपरेशन थिएटरबाट भीआईपी क्याभिनमा सारिए प्रधानमन्त्री ओली « Khabarhub

अपरेशन थिएटरबाट भीआईपी क्याभिनमा सारिए प्रधानमन्त्री ओली


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एपेन्डिक्सको शल्यक्रिया (एपेनडेक्टोमी) सकिए पछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपरेशन थिएटरबाट क्याभिनमा सारिएको छ ।

प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको शंक्रमण मुक्त (अति विशिष्ट) क्याभिनमा सारिएको हो । प्रधानमन्त्री सारिएको क्याभिनमा सघन उपचारका लागि आवश्यक सबै व्यवस्थापन गरिएको छ ।

करिब ४५ मिनेट लगाएर अपरेशन गरिएपछि प्रधानमन्त्री ओलीलाई क्याभिनमा सारिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमै राखिने एक चिकित्सकले जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई भेट्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसहित सत्तारुढ दल नेकपाका केही नेताहरु अस्प्ताल पुगे पनि भेटघाट गर्न भने दिइएको छैन ।

अहिले प्रधानमन्त्री पत्नी राधीका शाक्य बाहेक अन्य व्यक्तिलाई भेटघाट गर्न नदिइएको अस्पताल स्रोतले जानकारी दियो ।

‘प्रधानमन्त्रीज्यूको अपरेशन सामान्य नै भएपनि उहाँमा अरु पनि स्वास्थ्य समस्या भएका कारण संक्रमणको खतरा हुन्छ,’ अस्पतालका एकजना चिकित्सकले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘अहिले उहाँकी धर्मपत्नी (राधीका शाक्य)बाहेक अन्य व्यक्तिलाई भेटघाटका लागि रोक लगाएका छौं । संक्रमणको खतरा कम हुँदै गएपछि अरुसँगको भेटघाटलाई पनि खुला गरिने छ ।’

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १ : ३० बजे

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा

प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप सम्पन्न

भक्तपुर– प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप शनिबार भक्तपुरको

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक