रामेछापबाट पक्राउ परे बानेश्वरमा डाक्टर जोशीलाई ठक्कर दिने बसका चालक « Khabarhub

रामेछापबाट पक्राउ परे बानेश्वरमा डाक्टर जोशीलाई ठक्कर दिने बसका चालक


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-आइतबार बिहान नयाँ बानेश्वरको दुर्घटनामा संलग्न बस र चालक पक्राउ परेका छन् । बसका चालक भक्तपुरको सूर्यविनायक बस्ने बुद्धिबहादुर कोजु सोमबार रामेछापमा पक्राउ परेका हुन् ।

आइतबार बिहान मनिर्ङवाकमा निस्केका डाक्टर प्रभु जोशीलाई बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले नयाँ बानेश्वरमा रहेको सीसीटीभी फुटेजको सहयोगमा घटनामा संलग्न बा ३ ख ६१४ नम्बर यात्रुबाहक बस पहिचान गरी सो बसका चालकलाई पक्राउ गरिएको काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । कोजुलाई काठमाडौं ल्याएको पनि उनले बताए ।

जोशीको घटनास्थलमै मृत्यु भएपनि घटनामा संलग्न सवारी र चालकको पहिचान हुन सकेको थिएन् ।

घटनाको अनुसन्धानमा जुटेको प्रहरीले सीसीटीभी फुटेज जाँच गर्दा ठक्कर दिने गाडी पहिचान भएको थियो ।

सोही गाडीको पिछा गर्दै जाँदा गाडीसहित चालकलाई रामेछापमा पक्राउ गरिएको हो । घटना घटेपछि सो बस नयाँ बसपार्क, भक्तपुर, काभ्रे हुँदै रामेछाप पुगेको थियो । घटनाको विस्तृत अध्ययन भइरहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्

मर्निङवाकमा निस्केका डाक्टर जोशीलाई सवारीले ठक्कर दिँदा दुर्घटनास्थलमै मृत्यु

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  २ : १३ बजे

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा

प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप सम्पन्न

भक्तपुर– प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप शनिबार भक्तपुरको

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक