मालपोतका सुब्बासँग १५ करोड अवैध सम्पत्ति, छोराको बिहेमा मात्रै ६१ लाख खर्च « Khabarhub

मालपोतका सुब्बासँग १५ करोड अवैध सम्पत्ति, छोराको बिहेमा मात्रै ६१ लाख खर्च


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मालपोत कार्यालय कलैयामा दरबन्दी भइ मालपोत कार्यालय सिमरामा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्तासँग झण्डै १५ करोड रुपैयाँ अवैध सम्पत्ति भेटिएको छ ।

विभिन्न उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट नासु गुप्ताले स्रोत नखुलेको १४ करोड ८१ लाख ८९ हजारा २३ रुपैयाँ सम्पत्ति आर्जन गरेको देखिएको हो ।

२७ असार २०४७ मा मालपोत कार्यालय मुस्ताङ्गबाट खरिदारको रुपमा सरकारी सेवामा प्रवेश गरेका गुप्ताले त्यसयता १९ करोड ३६ लाख ६१ हजार १ सय ६९ रुपैयाँ आर्जन गरेको देखिन्छ ।

नासु गुप्ताले आफ्नो आम्दानी मध्येबाट छोरो विक्की गुप्ताको विवाहका लागि मात्रै ६१ लाख रुपैयाँ खर्च गरेको देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार गुप्ताले घरजग्गा खरिद तथा निर्माणमा ४ करोड ८ लाख ५१ हजार, परिवारका सदस्यका नाममा जग्गा खरिदमा ९० लाख १४ हजार १ सय, बैंक तथा वित्तिय संस्थाबाट लिइएको कर्जा चुक्तामा ३ करोड २७ लाख ४५ हजार २१, पूँजीगत कर शीर्षकमा ९ लाख ७० हजार २ सय ६०, सवारी साधन खरिदमा २७ लाख ६२ हजार ५ सय, पार्वती स्टेशनरी र निशान अटो प्रालि, नेपाल रोडसाइड समेतका व्यवसायहरुमा ७१ लाख लगानी गरेको, ४३ लाख रुपैयाँ सापटी दिएको भेटिएको छ ।

गुप्ताले परिवारका सदस्य बाहेकका व्यक्ति कविता कुमारी, राजेश कुमार गुप्ता, इन्दिरा देवी काफ्ले लगायतका नाममा घरजग्गामा ५ करोड २७ लाख ८९ हजार ५ सय, निरज कुमारको नाममा सवारी खरिदमा ४० लाख, निशाख ट्रेडर्स (पेट्रोल पम्प)मा लगानी गर्न ४० लाख खर्च गरेका छन् ।

साथै हाल नासु गुप्तासहितका व्यक्तिका नाममा २ करोड ८५ लाख २८ हजार ८ सय ९२ रुपैयाँ बैंक मोज्दात रहेको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार बैंक मोज्दात समेत गरी १९ लाख ३६ लाख ६१ हजार १ सय ६१ रुपैयाँ आम्दानी गरेको देखिएकोमा ४ करोड ५४ लाख ७२ हजार २ सय ४६ रुपैयाँको मात्रै स्रोत खुलेको छ ।

अख्तियारले नासु गुप्ताविरुद्ध स्रोत नखुलेको १४ करोड ८१ लाख ८९ हजारा २३ रुपैयाँ बिगो दाबी गर्दै बिगो दाबी जफतसहित जरिवाना र २ वर्षसम्म कैद सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले गुप्ताका अतिरिक्त उनकी श्रीमती रिता देवी, छोराहरु विक्की गुप्ता र रकि गुप्ता, अन्य व्यक्तिहरु कविता कुमारी, निरजकुमार गुप्ता, राजेशकुमार गुप्ता, जुगुली प्रसाद र जगतनारायण यादव समेतलाई प्रतिबादी बनाइ उनीहरुका नाममा रहेको सम्पत्ति जफतको मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ४ : १६ बजे

बुवाको निधनपछि भावुक मेसीलाई रोनाल्डोले दिए सान्त्वना

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी बुवा जोर्गे मेसीको

सर्लाहीमा ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

रौतहट – सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

मस्को – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकले रुसी व्यापारिक

सेती पुल निर्माणले गति लियो

गण्डकी – पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’