महाराष्ट्रका मुख्यमन्त्रीले दिए पदबाट राजीनामा, अब वीजेपी बाहेकको सरकार बन्ने « Khabarhub

महाराष्ट्रका मुख्यमन्त्रीले दिए पदबाट राजीनामा, अब वीजेपी बाहेकको सरकार बन्ने


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय राज्य महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनाविसले पदबाट राजीनामा दिएका छन् ।

३ दिन अगाडि मात्रै मुख्यमन्त्रीको शपथ लिएका फडनाविसले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

मंगलबार सर्वोच्च अदालतले फडनाविसका नाममा आदेश जारी गर्दै विधानसभामा बहुमत देखाउन भनेको थियो ।

सर्वोच्च अदालतले खुला रुपमा ‘फ्लोर काउन्ट’ गरी बहुमत देखाउन आदेश दिएपछि मुख्यमन्त्री फडनाविसले पदबाट राजीनामा दिएका हुन् ।

अक्टोबर २१ मा सम्पन्न चुनावी मतपरिणाम सार्वजनिक भएसँगै महाराष्ट्रमा सरकार गठनको विषयलाई लिएर विवाद र ‘संघर्ष’ जारी छ ।

विधानसभाका २ सय ८८ सिटका लागि भएको चुनावमा भाजपा र शिव सेनाले गठबन्धन गरेका थिए । महाराष्ट्र विधानसभामा विजेपीले १ सय ५ सिट जितेको थियो भने शिव सेनाले ५६ सिट जितेको थियो ।

यस्तै, राष्ट्रवादी कांग्रेस (एनसीपी)ले ५४ सिट जितेको थियो भने भारतीय कांग्रेस (कांग्रेस आई)ले ४४ सिट जितेको थियो ।

भाजपा र शिव सेनाले आधा–आधा कार्यकालका लागि सरकारको नेतृत्व गर्ने समझदारीमा चुनावी गठवन्धन गरेको जनाइ पनि चुनावी परिणाम पछि भने भाजपाले शिव सेनालाई मुख्यमन्त्री दिन चाहेन ।

जसकारण भाजपा र शिव सेनाको गठवन्धन टुट्यो । भाजपासँगको गठवन्धान टुटेपछि शिव सेना एनसीपी र कांग्रेससँग मिल्न पुग्यो । ३ दलको गठवन्धनबाट शिव सेनाका उद्धव ठाकरेको नेतृत्वमा सरकार गठन गर्ने निर्णय भएपछि भाजपा समर्थित गभर्नर भगतसिंह कोसियारीले महाराष्ट्रमा राष्ट्रपति शासनका लागि सिफारिस गरे ।

राष्ट्रपति शासन लागू भएकै अवस्थामा भाजपाले एनसीपीको संसदीय दलका नेता अजित पावरलाई ‘हातमा लिई’ सरकार गठन गर्ने कसरत गर्‍यो ।

भाजपाकै नेतृत्वमा सरकार गठन हुने अवस्था सिर्जना भएपछि गभर्नर कोशियारीले राष्ट्रपति शासन फिर्ता गरे । गभर्नर कोशियारीले आइतबार बिहानै हतार हतार विजेपीका फडनाविसलाई मुख्यमन्त्री र एनसीपीका पवारलाई उपमुख्यमन्त्रीको शपथ खुवाए ।

भाजपासँग मिलेर उपमुख्यमन्त्री पदको शपथ लिएका अजित पवारलाई एनसीपीका प्रमुख रहेका शरद पवारले पार्टीबाट निष्काशन गर्ने निर्णय गरे ।

त्यसपछि शिव सेना, एनसीपी र कांग्रेसले मुख्यमन्त्री फडनाविसलाई विधानसभामा बहुमत सावित गर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरे ।

रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले मंगलबार मुख्यमन्त्रीलाई बहुमत सावित गर्न खुला रुपमा ‘फ्लोर काउन्ट’को आदेश जारी गरेपछि  फडनाविसले मुख्यमन्त्री पदबाट राजीनामा दिनु परेको हो ।

फडनाविसले राजीनामा दिएपछि अब शिव सेना, एनसीपी र कांग्रेसलाई सरकार गठनको बाटो खुलेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ५ : ०५ बजे

मधेसको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री यादव

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको समग्र आर्थिक विकासमा

टर्कीको इस्तानबुलस्थित इजरायली नियोगमा गोली चल्दा तीन जनाको मृत्यु

काठमाडौं- टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको इजरायली नियोगमा गोली

सुशासनका नाममा प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई एमालेको सुझाव

काठमाडौं– नेकपा एमालेका सांसदहरूले सुशासन कायम गर्ने नाममा प्रतिशोध र

ट्रम्पको धम्कीलाई चुनौती दिँदै पावर प्लान्ट वरिपरि मानव साङ्लो बनाउने इरानको तयारी

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि व्यापक हमलाका लागि निर्धारण

भाउजुका नाममा एसईई दिने नन्द पक्राउ

इनरुवा– जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय