संवैधानिक परिषदलाई सरकारले शाही आयोग जस्तो बनाउन खोज्योः सभापति देउवा « Khabarhub

संवैधानिक परिषदलाई सरकारले शाही आयोग जस्तो बनाउन खोज्योः सभापति देउवा


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश कांग्रेसलाई मान्य नहुने बताएका छन् ।

विराटनगरमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै सभापति देउवाले सरकारले संवैधानिक परिषदलाई शाही आयोग जस्तो बनाउने खोजेको आरोप लगाउँदै अध्यादेश कांग्रेसलाई मान्य नहुने बताएका हुन् ।

उनले भने, ‘२०४८ सालदेखि चलिआएको संवैधानिक परिषदसम्बन्धी ऐन अहिले किन बदल्नु पर्‍यो त्यो हामीलाई मान्य हुँदैन ।’

परिषद्को बहुमतबाट संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्न सकिने गरी अध्यादेश ल्याउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। मन्त्रिपरिषद्ले पारित गरी पठाएको अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छ ।

फरक प्रसंगमा उनले भारतले नेपाली भू–भाग समेटर नक्सा जारी गरेको सन्दर्भमा प्रधानमन्त्री केपी ओलीको पनि भूमिका समेत रहेको आशय प्रकट गरेका थिए ।

‘वालुवाटारमा भएको छलफलमा भारतले नेपाल र पाकिस्तानलाई बराबरै हेरेकाले सरकारलाई तत्काल नक्सा सच्याउन अघि बढ्न र आफूहरु साथमा भएको भनेका थियौं,’ उनले भने, ‘तर अहिलेसम्म सरकार खोई अगाडि बढ्न सक्यो ?’

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ५ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै