उपनिर्वाचन तयारीबारे आयोगद्वारा संसदीय समितिलाई जानकारी | Khabarhub Khabarhub

उपनिर्वाचन तयारीबारे आयोगद्वारा संसदीय समितिलाई जानकारी


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिलाई उपनिर्वाचनको तयारीबारे निर्वाचन आयोगले मंगलबार जानकारी गराएको छ ।

समितिका सभापति शशी श्रेष्ठको नेतृत्वमा रहेको समिति सदस्यलाई प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

सबै मतपत्र र मतदाता परिचयपत्र सम्बन्धित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको जानकारी गराउँदै प्रमुख थपलियाले प्रचारप्रसारपछिको मौन अवधि विगतमा आलोच्य बनेकाले यस पटक त्यो हुन नदिन आयोगले विशेष ध्यान पुर्‍याउने बताए ।

उनले भने, “मौन अवधिमा राजनीतिक दल र उम्मेदवारले चुनावी चिन्तन छोड्नुपर्छ, मौन अवधि उपनिर्वाचनको जस्तो होस् भनी सधैँका लागि नमूना प्रस्तुत गर्न पाइयोस्, यसका लागि राजनीतिक दल र उम्मेदवारले कुनै चलखेल नगरी शान्तरुपमा बसेर उदाहरण प्रस्तुत गर्नुपर्छ । मौन अवधिमा आयोगले यस पटक विशेष निगरानी राख्ने छ ।”

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी रहेको हुँदा मतदातालाई निर्धक्क भएर मतदानमा भाग लिन पाउने वातावरण सुनिश्चत भएको बताए ।

सो अवसरमा सांसदहरुले निर्वाचन आचारसंहिताको कडाइका साथ पालना भए नभएको प्रभावकारी अनुगमनको व्यवस्था गर्न, मतदानस्थलमै मतगणनाको व्यवस्था गर्न, निर्वाचनलाई प्रविधिमैत्री बनाउन, निर्वाचनलाई कम खर्चिलो तुल्याउन, नक्कली मतदाताबाट हुनसक्ने मतदानप्रति सचेत रहन तथा मौनअवधिमा हुनसक्ने अनेकौं आर्थिक चलखेललाई रोक्न आयोगलाई चनाखो रहन सुझाव दिए ।

“मौन अवधि भनेको निर्वाचन प्रचारप्रसार गर्न नपाइने मात्र होइन, मतदाता किन्नका लागि थैली पनि खोल्न मिल्दैन भन्ने पक्षलाई बुझाउन जरुरी छ, अहिले मौन अवधि भनेको पैसा बाड्ने समयका रुपमा बुझिएको छ, पैसाका आधारमा चुनाव जित्ने प्रवृत्तिले लोकतन्त्र बलियो हुनसक्दैन, यसमा आयोगबाट विशेष निगरानी होस्”, उनीहरुले भने ।

समितिका सभापति श्रेष्ठले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउने सवालमा समितिको सधैँ सहयोग र समर्थन रहने जानकारी गराउँदै निर्वाचलाई मितव्ययी बनाउन, समितिको निर्देशन कार्यान्वयन गर्न र मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरणको सुनिश्चित गर्न सुझाव दिए ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १० : ४५ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल पुस २९ गते सोमबार तदनुसार

आज २०८१ साल पुस २९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस २९ गते सोमबार तदनुसार

पाकिस्तानमा हेपाटाइटिस सीका सङ्क्रमणको उच्चतम दर

इस्लामाबाद – पाकिस्तानमा हेपाटाइटिस सीका बिरामीको सङ्ख्या विश्वमा सबैभन्दा बढी

चिसो बढेपछि ढोरपाटनका विद्यालय बन्द

बागलुङ – अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय

केही सञ्चार माध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्न थाल्यो : अध्यक्ष बस्नेत

काठमाडौं – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अरुलाई दुःख