राष्ट्रिय महिला भलिबल टोलीलाई नगदसहित सम्मान « Khabarhub

राष्ट्रिय महिला भलिबल टोलीलाई नगदसहित सम्मान


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले बङ्गलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि हासिल गरेको राष्ट्रिय महिला भलिबल टोलीलाई आज नगद पुरस्कारसहित सम्मान गरेको छ ।

नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (सागमा सहभागीलाई शुभकामना प्रदान गर्न आज यहाँ आयोजित कार्यक्रममा भलिबल खेलमा एतिहासिक सफलता हासिल गरेको भन्दै अर्थमन्त्री डा युवराज खतिवडा, युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारलगायतले सम्मान गरे ।

सम्मानस्वरुप राष्ट्रिय टोलीका प्रत्येक सदस्यले जनही रु तीन लाख प्राप्त गरेका छन् । एसिसी सेन्ट्रल जोनमा नेपालले स्वर्ण जितेपछि सरकारले यसअघि नै नेपाली टोलीलाई जनही रु तीन लाख प्रदान गर्ने घोषणा गरेको थियो । गत कात्तिक २८ गते भएको फाइनल खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको थियो ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले सागलाई सरकारले भ्रमण वर्ष २०२० को पूर्वअभ्यासको रुपमा समेत लिएको बताए । उनले भ्रमण वर्ष सफल बनाउन सागले महत्वपूर्ण भूमिका खेल्ने भन्दै सागले क्षेत्रीय, राजनीतिक र आर्थिक समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गरे ।

उनले राष्ट्रिय खेल भलिबल भएकाले सुविधा सम्पन्न कभर्डहल निर्माण गर्ने सरकारको योजनासमेत रहेको भन्दै यसका लागि जग्गा खोज्ने काम भइहेको बताए । १३ औँ साग नजिकिँदै गर्दा सरकारले पदक विजेताको पुरस्कार रकममा उल्लेखनीय वृद्धि गर्ने अर्थमन्त्री खतिवडाले बताए । उनले के कति रकम वृद्धि गर्ने भन्ने विषयमा मन्त्रिपरिषद्बाट पारित भएपछि मात्र उल्लेख गर्ने बताए ।

यसअघि सरकारले १२ औँ सागमा स्वर्ण विजेतालाई रु तीन लाख, रजत विजेतालाई रु दुई लाख तथा कास्य पदक विजेतालाई रु एक लाख प्रदान गरेको थियो । त्यसैगरी युवा तथा खेलकूदमन्त्री सुनारले १३ औँ सागमा खेलाडीले उच्च मनोबलको साथ खेल मैदानमा उत्रन आग्रह गर्नुभयो । साग यही मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ, पोखरा र जनकपुरमा आयोजना हुँदैछ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ५ : २६ बजे

काठमाडौंका सबै स्थानीय तहमा मतदाता शिक्षा सुरु

काठमाडौं– काठमाडौंका १० निर्वाचन क्षेत्र र ११ स्थानीय तहका १३८

कुलमानको घोषणापत्रमा स्वास्थ्य : मनोसामाजिक परामर्शदेखि हाडजोर्नी सेवा बिस्तारसम्म 

काठमाडौं– कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आगामी निर्वाचनका लागि

रविको ‘नागरिक करार’ : ‘गफ होइन काम, भाषण होइन परिणाम’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले आइतबार फेसबुकमार्फत्

नेपाल राष्ट्र बैंक ऐन दशौँ पटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग

काठमाडौं– अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसम्बन्धी विद्यमान कानुनी संरचनामा परिमार्जनको

प्रलोपाको चुनावी प्रतिबद्धतापत्र : यस्ता छन् मुख्य नारा र एजेन्डा

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’