पारसले सोनिकालाई भने – धर्मका कारण हिमानीसँग ‘डिभोर्स’ गर्न मिलेन « Khabarhub

पारसले सोनिकालाई भने – धर्मका कारण हिमानीसँग ‘डिभोर्स’ गर्न मिलेन


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वयुवराज पारस शाह र मोडल तथा सोनिका रोकाया केही समययता नजिक छन् । यी दुई प्रेममा रहेको चर्चा चल्ने गर्छ । यद्यपि दुवैले प्रेममा नरहेको दाबी गर्दै आएका छन् ।

यता पारस र सोनिकाको हिमचिम भने दिनप्रतिदिन बढ्दैछ । सोनिका र पारस पोखरादेखि अन्नपूर्ण बेसक्याम्पसम्म सँगै घुम्न गएका तस्वीर एकपछि अर्को गर्दै सार्वजनिक भएका थिए । सोनिकाले त अझ भिडियो ब्लग नै बनाएकी थिइन् ।

यतिबेला भने पारस र सोनिका अर्को एक कारणका कारण चर्चामा छन् । सामाजिक सञ्जालमा पारस र सोनिकाको भाइबर च्याटमा कुरा भएको स्कृनशट भाइरल भएको छ ।

भाइबर च्याटमा सोनिकाले पारसलाई पूर्वयुवराज्ञी हिमानीसँग डिभोर्स गर्न लागेको हो भनेर सोधेकी छिन् । उत्तरमा पारसले होइन भन्छन् ।

सोनिकाले अङ्ग्रेजीमा सोध्छिन् – ‘किन यति धेरै समाचार? हिमानीसँग डिभोर्स हुन लागेको हो?’

पारसले धर्मका कारणले हिमानीसँग डिभोर्स गर्न नमिलेको बताउँछन् । उनले सोनिकालाई फोनमा कुरा गर्न आग्रह समेत गर्छन् ।

पारसले कसले यस्तो खबर फैलाएको छ पत्ता लगाउन अनुरोध गर्छन् ।

पारसले बरु मिडियाले गलतलाई पनि सत्य साबित गर्न खोजेको पारसले म्यासेज फर्काउँछन् ।

सोनिकाले भन्छिन् – ‘मलाई मान्छेले मेरो बारेमा के भन्छन् भन्नेमा चासो लाग्दैन तर म तपाईंलाई वास्तविक तपाईं बनाउने बाटोमा छु ।’

पारसले फेरि भन्छन् – ‘मैले के गरेको तिमी चाहन्छौ?’

त्यसपछि सोनिकाले आफूले बिहानै बुबासँग झगडा गर्नुपरेको सुनाउँछिन् ।

‘आज बिहानै मेरो बुबासँग झगडा पर्‍यो, उनीहरुलाई मैले तपाईंसँग बिहे गर्दैछु भन्ने लाग्छ, बुबालाई तपाईं र हिमानीका कारण म समस्यामा छु भन्ने लाग्छ ।’

उनको उत्तरमा पारसले ‘ओएमजी’ भन्छन् ।

यो च्याटको स्किृनशट सामाजिक सञ्जालमा छाएको छ । पछिल्लो समय पारस र सोनिकाको हिमचिम बढेपछि पूर्वराजपरिवारसँग पारसको समबन्ध राम्रो छैन । यता हिमानी भने पछिल्लो समय सामाजिक कार्यमा व्यस्त छिन् । उनको पारससँग सम्बन्ध राम्रो छैन ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १ : ४६ बजे

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ

दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल- उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२०

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा