अफगानिस्तानमा सुरक्षा कारबाहीमा ४० लडाकू मारिए « Khabarhub

अफगानिस्तानमा सुरक्षा कारबाहीमा ४० लडाकू मारिए


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तान- अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी ४० भन्दा बढी लडाकू मारिएका छन् ।

सरकारी सुरक्षाकर्मी र नेटो गठबन्धन सेनाको कारबाहीमा परी उनीहरु मारिएका अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रक्षा मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार गत २४ घण्टाको अवधिमा भएका कारबाहीमा परी उनीहरु मारिएका छन् ।

सोमबार बिहानैदेखि सुरक्षा कारबाही भएको मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । देशको दक्षिणी हेलमान्ड प्रान्तमा पर्ने मार्जा जिल्लामा भएको कारबाहीमा परी छ तालिबान लडाकू मारिएका छन् भने लडाकूहरुले प्रयोग गरेको दुई सवारी साधन जलेका छन् ।

त्यसैगरी उरुज्गान प्रान्तमा भएको सुरक्षा कारबाहीमा २ लडाकू मारिएको अफगानी सुरक्षाकर्मीहरुले जनाएका छन् ।लाघमान प्रान्तको अलिशिङ र अलिनागर जिल्लामा भएका छुट्टा छुट्टै सुरक्षा कारबाहीमा अर्को नौ जना मारिएका छन् ।

त्यसैगरी अन्य विभिन्न प्रान्तहरुमा पनि सुरक्षा कारबाही भएको र ती सुरक्षा कारबाहीमा परी फरक फरक संख्यामा लडाकूहरु मारिएका सैन्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ६ : ३० बजे

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान