पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना « Khabarhub

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले टिचिङ अस्पतालमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

पूर्वराजा शाहले त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरेर आइसीयूमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

पूर्वराजा शाहको स्वास्थ्य लाभको कामनाको सन्देश लिएर उनका निजी सचिव पशुपति भक्त महर्जन मनमोहन सेन्टरमै पुगेका थिए ।

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएकाले आज बिहान अस्पताल भर्ना भएका थिए । प्रधानमन्त्री ओलीको एपेन्डिक्सको आजै शल्यक्रिया पछि आइसियुमा राखिएको छ । उनी अझै केही दिन अस्पतालमै रहने चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ७ : १३ बजे

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा