अस्पतालले जारी गर्‍यो प्रधानमन्त्रीको स्वास्थबारे फेरि अपडेट, अवस्था स्थिर | Khabarhub Khabarhub

अस्पतालले जारी गर्‍यो प्रधानमन्त्रीको स्वास्थबारे फेरि अपडेट, अवस्था स्थिर

अस्पताल पुगेका अध्यक्ष प्रचण्ड लगायत मन्त्रीहरुले पाएनन् भेट्न


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्र केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पालले जानकारी दिएको छ । अस्पतालले आज साँझ विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि  म‌ंगलबार बिहान अस्पताल पुगेका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको पुष्टिपछि दिउँसो शल्यक्रिया गरिएको थियो । उनलाई आइसीयुमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । उनी अझै केही दिन अस्पतालमै रहने चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्री ओलीको उपचारमा प्रा डा अरुण सायमी, प्रा डा रमेशसिंह भण्डारी, डा दिव्या सिंहलगायतको टोली संलग्न रहेको छ ।

यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड’, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतका मन्त्रीले जानकारी लिएका छन् ।

त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसियुमा उपचारत प्रधामन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपा अध्यक्ष प्रचण्ड, रक्षा मन्त्री पोखरेल, गृहमन्त्री राम बहादुर थापा, सञ्चार मन्त्री गोकुल बास्कोटा ,उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, शिक्षा मन्त्री गिरीराजमणि पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल लगायत मन्त्री तथा पार्टीका नेताहरु उनको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पताल पुगेका हुन् ।

प्रधामन्त्री ओलीको एपेन्डिक्ससाइटिसको शल्यक्रिया गरी आइसीयुमा राखेर उपचार भइरहेको छ । प्रधानमन्त्री ओली मिर्गौलाको बिरामी समेत भएकाले संक्रमणको खतरा हुने हुँदा कसैलाई पनि भेट्न  दिएको छैन ।

मन्त्री तथा नेताहरुले प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्था बुझेर फर्किने गरेका छन् । प्रधानमन्त्री ओलीका प्रस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीलाई भेट्न रोक लगाइएकाले आ–आफ्नै ठाउँमा रहेर प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्न आग्रह गरे ।

उनले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न मन्त्री, पार्टीका कोर नेताहरु अस्पतालमै आउनुभएको छ, प्रधानमन्त्रीका सबै शुभचिन्तकहरुलाई आफ्आफ्नो ठाउँमा रहेर नै स्वास्थ्य लाभको कामना गर्न आग्रह गर्छु । तर अस्पतालमा भेट्न सम्भव नभएको जानकारी गराउँछु ।’

डा सायमीका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा हिजो साँझ देखि नै समस्या आएको थियो । उनका निजी चिकित्सकले हिजो नै अस्पताल भर्ना हुन आग्रह गरे पनि प्रधानमन्त्री ओलीले अस्पताल जान मानेका थिएनन् । तर आज बिहान स्वास्थ्य अवस्था विग्रिएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ८ : ३१ बजे

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको

बागमती प्रदेश सरकार विस्तार

हेटौंडा– बागमती प्रदेश सरकार विस्तार भएको छ ।  मुख्यमन्त्री शालिकराम

सरकारले भूमि बैंकको प्रस्ताव ल्याएकोमा किसान संगठनको आपत्ति

काठमाडौं– ६ किसान सङ्गठनहरूले भूमि बैंकको प्रस्ताव नल्याउन र राष्ट्रिय