नेपालको आर्थिक वृद्धिदर बढाउन एमसीसी आवश्यक | Khabarhub Khabarhub

नेपालको आर्थिक वृद्धिदर बढाउन एमसीसी आवश्यक



मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत अमेरिका सरकारले नेपाललाई दिइने सहयोगको विषयमा अहिले जुन बहस र छलफल भइरहेको छ यसमा सबै जानकार हुन आवश्यक छ ।

वर्तमान अवस्थामा नेपालको समृद्धिको बाटो आर्थिक वृद्धिदरबाट अघि बढ्छ । त्यसका लागि दीर्घकालीन सोच र काम आवश्यक छ ।

यसरी आर्थिक वृद्धिदर कसरी बढाउने भन्ने विषयमा धेरै अध्ययन, बहस र अन्तर्क्रिया भएका छन् । जहाँ नेपालले आफूले लगानी गर्ने क्षेत्र धेरै र पुँजी थोरै भएको अवस्था छ । त्यसका लागि सहयोग चाहिने हो ।

अर्को कुरा यो एमसीसी कसैले बलजफ्ती दिएको वा लादेको कुरा होइन् । यसको उचित मापदण्ड, सीमा र नियम छ । त्यही पेरिफेरिमा रहेर नेपाल यो सहयोग लिने राष्ट्रको सूचीमा परेको हो ।

कुनै पनि आवश्यकता महसुस गरिएको मुलुकहरु, जहाँ विकासका आधार स्तम्भहरु चाहे त्यो उर्जा उत्पादन गरिने कुरा आओस् । चाहे त्यो ठूला परियोजनाका पूर्वाधार निर्माण गर्ने कुरा होस् । आर्थिक वृद्धिदरलाई बढाएर नेपालको न्यूनतम आवश्कतालाई पूर्ति गर्ने कुरा आओस् ।

केही कुराहरुलाई डिफल्टर देश हो कि, होइन कि, केही परिसूचकहरु छन्, ती परिसूचकमा जुन मुलुक पर्छ । उदाहरणका लागि उर्जाको क्षेत्रमा हामीले गरेको प्रोजेक्ट क्षमता हामीलाई प्रतिवर्ष २ खर्ब ९४ अर्ब चाहिँ हाम्रो जम्मा इनर्जीमा सन् २०२० मा ग्याप देखिन्छ ।

हामीले कुल ग्राहस्थ उत्पादनको ८ देखि १० प्रतिशतसम्म बढाउनलाई पनि यो महत्त्वपूर्ण छ । विश्व बैंकले गरेको अध्ययनले पनि के देखाएको छ भने सन् २०११ देखि २०२० सम्म नेपालले १२ अर्ब डलरदेखि १८ अर्ब डलरसम्म पूर्वाधारका लागि नेपालले छुट्याउनुपर्छ भनेको छ ।

नेपालको हैसियत छ ? जबकि, दिगो विकास लक्ष्यलाई हासिल गर्नका लागि आजका मितिसम्म आएर विश्वका झण्डै ५० प्रतिशत मुलुकहरु यो गर्न नसक्ने अवस्थामा छन् भन्ने कुरा त कैयन् प्रतिवेदनमा उल्लेख छन् ।

यस्तो गाह्रो भएको बेलामा नेपालमा जुन ग्याप देखिएको छ । त्यो ग्यापलाई पुर्न सक्ने हामीसँग सामर्थ्य छैन । हामी आफैले पनि सन् २००९ मा एसियन विकास बैंकको सहयोगमा काम गरेका थियौं ।(त्यतिबेला म आफै पनि संग्लग्न थिएँ ।)

त्यतिबेला हावर्ड विश्वविद्यालयका विश्वविख्यात अर्थशास्त्रीले विकास गरेको ‘ट्री मोडल’लाई अनुकरण गरेर त्यसअन्तर्गतका विकासका परिसूचकहरुलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने आधारमा हामीले प्रतिवेदन तयार पारेका थियौं ।

त्यसका लागि एसियन विकास बैंकबाट पनि प्रतिनिधि आएका थिए । त्यहाँका स्थानीय स्तरका परामर्शदाताहरु पनि सहभागि थिए ।

त्यसपछि सन् २०१४ मा अर्थ मन्त्रालयले नै नेपालको आर्थिक वृद्धिदरका लागि के गर्न सकिन्छ र अवरोध के के हुन् भनेर यसमा अध्ययन भएको थियो ।

हामीले उर्जामा लगानी बढाउने कुरादेखि दिगो विकास लक्ष्यका विषयमा जे जे भनिरहेका छौँ । ती कुरा सरकारका योजनामा प्रतिबिम्बित भएका छन् ।

त्यसलाई फोकस गरेर एमसीसीअन्तर्गत ५०० मिलियन डलरको परियोजना नेपालका लागि अमेरिकी सरकारले स्वीकृति दिएको हो । त्यसअन्तर्गत पटकपटक अमेरिकनहरु यहाँ आए । यो त दुई दशक भइसक्यो ।

नेपालमा पनि सन् २००४ पश्चात कतिपय मिसनमा हामीले पनि काम गर्ने मौका पायौँ । हालै सहयोग ग्रहण गर्ने विषयमा किन यस्तो भइरहेको छ यसमा म पनि जानकार छैन् ।

यो लामो अध्ययनपछि आएको कार्यक्रम हो । विश्वका ५० भन्दा बढी देशले यसलाई स्वीकार गरिसकेका छन् । यसमा भएका टम्र्स एण्ड रिफेरेन्स लागू नहुँदा हटाइएका उदाहरण पनि छन् ।

पहिले सोच्नुपर्ने विषयमा अहिले बहस

एमसीसीको सहयोग ग्रहण र यो कार्याक्रम प्रभावकारी कार्यान्वयनका लागि संसदबाट अनुमोदन गर्ने विषय अहिले बहसमा छ । तर, यो विषय पहिले नै टुंगिनुपर्ने हो ।

एमसीसी सञ्चालन गर्ने विषयमा सम्झौता गर्नुपूर्व नै यो विषय टुंग्याउनुपथ्यो ।

बाहिरी कुरा हेर्दा कहिलेकाहीँ त्यस्तै लिस्टहरु हुन्छन् । केही त्यस्ता वस्तुहरु हुन्छन् । न त त्यसको निर्माणमा बाहिरका मान्छेलाई यो जुन एमसीसीको प्याकेज छ । जुन नेपालको प्राथमिकतामा हामीले तिमीहरुलाई सहयोग गर्छौं भनेर आएको प्याकेज छ । त्यसलाई सरकारले सघाउ पुर्‍याउनुपर्ने हो ।

कि त त्यो बेलामा हामीले के भन्न सक्नुपथ्र्यो भने अहिले नेपालको संविधानमा भएको प्रावधानअनुसार यो एमसीसीले निर्क्यौल गरेको प्राथमिकताका क्षेत्रहरु जसका लागि ५ सय मिलियन डलर ५ वर्षमा सक्नुपर्ने छ ।

नेपालले पनि आफ्नो सहभागिता देखाउनका लागि केही रकम छुट्याउनुपर्छ । यो किसिमको परियोजना नेपालको संवैधानिक प्रावधानमा संसदमा पारित गर्नुपर्छ भन्ने त कहीँ पनि छैन् ।

हाम्रो सोचाइ के थियो भने हामीले क्याबिनेटमा लगेर पास गर्नुपर्छ भन्ने थियो । हामीले त्यतिबेला नै सम्झौता गर्नु हुँदैनथ्यो ।

आइएसएसआरले पनि एक अध्ययन गरेको थियो । २७ सेप्टेम्बरमा नेपालका लागि अमेरिकी दुतावास र्‍याण्डी बेरीले कार्यपत्र प्रस्तुत गर्दा पनि केही प्रश्न उठेका थिए ।

मैले पनि सोधेँ, यो संसदले पारित गर्नुपर्ने कुरा नेपाललाई मात्र अमेरिकाले शर्त दिएको हो ? जवाफमा उनले अहिलेसम्म नेपाल मात्र अपवाद नभएको बताएका थिए ।

सबै मुलुक जसले सम्झौता गर्छ । शुरुको चरणमा हामीले संसदमा लानुपर्ने कुरा नै होइन । क्याबिनेट केका लागि ? त्यहाँ पनि त जनताले चुनिएका मान्छे नै हुन्छन् ।

शुरुमा सम्झौता गर्दा नै कतिपय कुरा क्लियर नगराउँदा पछि समस्या आउँछन् । एमसीसीको व्यवस्थापनमा चुकेको सानो कमजोरी यो हुनसक्छ ।

नेपाल मात्र यस्तो मुलुक हो, जसले संसदमा पास गराउनुपर्छ भन्ने खालको सन्देश गइरहेको छ । नेपाल बारे अन्तर्राष्ट्रिय फोरममा धेरै कुरा उठेको छ ।

२०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न नेपालका लागि चाहिने रिक्वायरमेन्ट कति हो भन्ने त आइसकेको छ । एमसीसी बहसमा सहभागी सबैलाई यो विषय थाहा हुनुपर्ने हो ।

हामीलाई कति आवश्यकता छ । त्यो आवश्यकता पूर्ति गर्ने क्षमता हामीसँग छ कि छैन । विश्व बैंकले देखाएको ग्याप पनि हामीले पूर्ति गर्न सकेका छैनौं । यस्ता अन्य आर्थिक खाडल जे देखिएको छ त्यो पूर्ति गर्ने सम्भावना देखिँदैन ।

यस्तो बेलामा नेपालमा एक इतिहास शुरु भएदेखि आजसम्म पनि नेपालले ढुक्क भएर आफ्नै करबाट आवश्यकता पूर्ति गर्न सक्ने क्षमता छैन ।

केही रकम छ र, त्यो पनि खर्च गर्न क्षमता राज्यमा छैन । न त केन्द्रमा छ, न त प्रदेश सरकारमा ।

एक त हामीसँग क्षमताको अभाव छ । यस्तो अवस्थामा यो परियोजनाले के गर्छ भने यसले समयमा नै अन्य काम गर्न फाइदा हुन्छ ।

नेपालले पनि यसमा २६ प्रतिशत लगानी गनुपर्ने हुन्छ । यसो गर्दा यो परियोजनामार्फत लगानी हुन नसकेको बजेट पनि त्यहाँ लगानी गर्न सकिन्छ ।

अमेरिकाले दिन्छु भनेको पैसा रोकिदिएका छन् । नेपालमा त अझ के छ भने पैसा पनि बढी लाग्ने, समय पनि बढी लाग्ने गरी काम हुन्छ । यस्तो बेलामा उनीहरुको सीप, उनीहरुको सल्लाहलाई अनुदानमा पाउँदा ठीक देखिन्छ ।

यो अनुदानलाई हामीले अस्वीकार गर्दा हामीलाई घाटा हुन्छ । र यसलाई हामीले लिँनु नै उचित हो ।

एमसीसी र इन्डो प्यासिफिक अन्तरसम्बन्धित !

एमसीसी र इन्डो प्यासेफिक रणनीतिबीचको साझेदारी भन्दै अहिले जुन टिप्पणी भइरहेको छ । यो गलत हो । यो विषयमा नेपालमा मात्र होइन, अमेरिकामा पनि चर्चा पाएको छ । जस्तो अमेरिकन डिप्लोम्याटहरुले पनि नेपालमा अब इन्डो प्यासिफिक र एमसीसी मिलेको छ भन्ने गरेको पनि सुनिन्छ ।

तर, त्यस्तो होइन । इन्डो प्यासिफिक हिजो जन्मेको कुरा हो । तर एमसीसी धेरै पहिले जन्मेको कुरा हो । यो दुवैबीच कुनै सम्बन्ध छैन । यो दुवै मिल्ने देखिँदैन ।

यो अलग्गै पाटो हो । यसमा केलाई स्टाटेजी भन्ने ? खाली अमेरिकन डिप्लोम्याटहरुले इन्डो प्यासिफिकमा हाइ प्रोफाइलका मान्छेले चासो देखाएको भन्दै खुशी व्यक्त गरेका छन् ।

हामीले नेपालका मन्त्रीसँग, नेपालका प्रतिनिधिसँग कुरा गर्दा एकले अर्काको प्रगतिबाट फाइदा लिऊन् भन्ने अमेरिकन सरकारले ल्याएको आफ्नै पोलिसी हो भन्ने बुझाई छ। यसमा कसैले पनि सदस्यता लिनुपर्दैन । नेपाललाई कसरी सदस्यता ले भन्न मिल्छ?

लिने र नलिने हाम्रो कुरा हो । यसमा हामीले टाउको दुखाउनुपर्ने त कुरै छैन । यो विषयमा राजनीतिक कुरा धेरै आएका छन् ।

भारतसँग जोडिनुको कारण

एमसीसीका विषयमा भारतको सहमति भन्ने कुराको पनि गलत व्याख्या भएको पाइन्छ ।

नेपालमा एमसीसी कार्यक्रम सञ्चालन हुँदा भारतसँग सहमति आवश्यक हुने एक मात्र विषय भौगोलिक सम्बन्ध नै हो । नेपाल भूपरिबेष्टित देश भएका कारण नेपालमा हुने प्रत्येक गतिविधि अन्ततः भारतसँगै गएर जोडिन्छन् ।

एमसीसी अन्तर्गत हुने परियोजनामा पनि सोही विषय आउँछ । उर्जाको उत्पादन र बिक्रीदेखिलिएर जुन विषय उठाएपनि भारत आउने भएकाले अनुमति लिने भनिएको हो । यहाँ भारतको कुनै हस्तक्षेप हुँदैन ।

अर्को कुरा भारतले अनुमति नदिइ हामी कसरी बंगलादेशसँग ग्यासको पाइप लाइन जोडेर बेच्न सक्छौ ।

नेपाल भारत व्यापारका लागि पनि भारतीय सहमति त आवश्यक पर्छ नै । लगानी गर्नेले आधार हेरेको हुन्छ । लगानीको सम्भाव्यता अध्ययन गरेपछि हो त्यहाँ लगानी गर्ने नेपालमा हुने लगानीमा भारतको चासो स्वभाविक नै हो ।

त्यस्तै नेपालले उत्पादन बढाएपछिको बजार कहाँ ? तत्काल नेपालले भारत र चीनसँग प्रतिस्पर्धा गर्नसक्ने अवस्था त छैन् । जसका लागि लगानीको आधार तय हुनुपर्छ ।

नेपालले उत्पादन गरेको बस्तु बाह्य बजारमा जान्छ भने सुनिश्चित हुुनुपर्छ । अनिमात्र लगानीको बाटो पनि खुल्छ ।

नेपालमा उत्पादन भएको वस्तु बंगलादेशले किन्ने भनेको छ । त्रिपक्षीय सहमतिका आधारमा मात्र बंगलदेशका बाणिज्य मन्त्रीले पत्रकार सम्मेलन गरेर लगानी गर्ने चाहना रहेको बताएका थिए । यो विषयमा त कुनै विरोध आएन ।

त्यसैले अहिलेको नेपालको आवश्यकता भनेको देशको आर्थिक वृद्धिदर बढाउनु हो । यसका लागि ठूला परियोजना र विकास आयोजना सञ्चालन गर्नुपर्छ । उत्पादन बढाउनुपर्छ । यसका लागि देश आफैंले लगानी गर्ने अवस्था छैन् ।

भएको बजेट पनि प्रयोग नभएको अवस्थामा व्यवस्थित रुपमा सञ्चालन हुने यस्ता परियोजना नेपालका लागि सिकाई र नेपालको हीतमा हुन्छन् । जसका कारण एमसीसी नेपालको अहितमा छैन् ।

(कुराकानीमा आधारित)

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  १० : २८ बजे

नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा

काठमाडौं– नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु)

प्रदूषणले भारतको राजधानीका विद्यालय बन्द, अनलाइन कक्षा सुरु

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीले बढ्दो विषाक्त धुवाँका कारण सोमबारदेखि अर्को

पूर्वमुख्यसचिव अर्यालले दिए राजीनामा

काठमाडौं– पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । उनले

एनआईसी एसियाले ४ कम्पनीको सेयर बिक्री गर्दै

काठमाडौं – एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ४

पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा

काठमाडौं– पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो