नेपालले शुरु गर्‍यो १४ औं सागको तयारी « Khabarhub

नेपालले शुरु गर्‍यो १४ औं सागको तयारी


१० पुस २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजक बनेको नेपालले पाकिस्तानमा हुने तय भएको १४ औं सागको तयारी शुरु गरेको छ ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले नेपाललाई दक्षिण एशियाली राष्ट्रमा खेलकूदको ‘पावरहाउस’ का रूपमा स्थापित गर्ने योजनाअन्तर्गत १४ औं सागको तयारीमा जुटेको बताए ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) कास्कीद्वारा आयोजित ‘१३औँ हिसान कास्की स्पोर्टस मिट–२०७६’ मा बोल्दै सिलवालले मुलुक अहिले १४औं सागको तयारीमा जुटिरहेको जानकारी दिए ।

हिसानका केन्द्रीय अध्यक्षसमेत रहेका सदस्यसचिव सिलवालले अब खेलाडीलाई नियमित प्रशिक्षण गर्दै उनीहरुको सम्मान र आत्मबल बढाउनेतर्फ परिषद्ले ध्यान दिने बताए ।

अब खेलकूदमार्फत नेपाल दक्षिण एशियाली राष्ट्रमा मात्रै नभई एशिया हुँदै ओलम्पिकमा समेत परिचित गराउने बताउँदै उनले पूर्वाधार विकाससँगै खेलकूदले गति लिने विश्वास व्यक्त गरे ।

पोखरालाई गण्डकी प्रदेशकै खेलकूद ‘हब’का रूपमा विकास गर्न परिषद्ले आफ्नो तयारी थालेको बताउँदै सदस्यसचिव सिलवालले ३ महिनाभित्र पोखराको मुहार नै फेर्नेगरी २० हजार क्षमताको फुटबल रङ्गशाला तयार गर्ने प्रतिबद्धता व्यक्त गरे । १३ औं सागलाई भव्यरूपमा सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राखेप सदस्यसचिव सिलवाललाई हिसान कास्कीले सम्मानपत्र र दोसल्लाले सम्मान गरेको थियो ।

प्रकाशित मिति : १० पुस २०७६, बिहिबार  १० : ४६ बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर