आँखा दान गर्ने ७५ हजार जनाको प्रतिवद्धता, १५ हजारले पाए नयाँ दृष्टि « Khabarhub

आँखा दान गर्ने ७५ हजार जनाको प्रतिवद्धता, १५ हजारले पाए नयाँ दृष्टि


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आँखा बैंकले आँखा दान गर्नेहरुको सम्झनामा शनिवार सामूहिक श्रद्धाञ्जली सभाको आयोजना गर्ने भएको छ । नेपाल आँखा बैंकले नेपाल आँखा कार्यक्रम मार्फत मरणोपरान्त आँखाको नानी दान गर्नेहरु प्रति सामुहिक श्रद्धाञ्जली आयोजना गर्न लागेको हो ।

मानिसहरुलाई मृत्युपश्चात आँखाको नानी दान गर्न प्रेरित गर्न श्रद्धाञ्जली सभाको आयोजना गर्न लागिएको तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले बताइन्।

‘धेरैभन्दा धेरै मानिसहरुलाइ मृत्युपछि आँखाको नानी दान गर्न प्रेरित गर्न र गराउन, दाताको परिवारलाई कृतज्ञता प्रदान गर्न, आँखाको नानी पाएका व्यक्तिहरुको अनुभव आदानप्रदान गर्न र दिवंगत आत्माको चिरशान्तिको लागि सामूहिक श्रद्धाञ्जली अर्पण गर्नु यस सभाको मुख्य उद्देश्य हो ।’ डा रीताले भनिन्, ‘ अहिले धेरै मानिसहरुको आँखा दान प्रति सकारात्मक सोचको कारणले गर्दा आँखाको नानी प्रत्यारोपण गरी पूनः दृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरतातर्फ अग्रसर हुदैछ । नेपाल भरि आँखा बैंकको सेवा दिई राखेका छौं ।’

नेपाल आँखा बैंकका व्यवस्थापक शंख नारायण त्वायनाले मृत्युपछि गरिने आँखा दानलाई संस्कारको रुपमा स्थापित गर्न जरुरी रहेको बताए । आँखा दानलाई संस्कारको रुपमा विकास गर्न सके धेरै दृष्टिविहिनहरुले नयाँ दृष्टि पाउने उनको भनाइ छ ।

आँखाको नानीमा संक्रमण भएर, चोट लागेर, जन्मजात फुलो परेर समयमै उपचार नपाउँदा, अशिक्षा र अज्ञानताको कारणले गर्दा र विभिन्न घरेलु तथा अन्य परम्परागत उपचारको कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुन्छ ।

नेपालमा दृष्टिविहिन हुनुको दोश्रो प्रमुख कारण आँखाको नानी बिग्रिनु हो । यस्तो समस्या भएर दृष्टि गुमाएकाहरुलाई आँखाको नानी प्रत्यारोपण गरेर पुन दृष्टि प्रदान गर्न सकिन्छ । नेपालमा आँखाको नानीका कारण दृष्टिविहिन भएका धेरै व्यक्तिहरु आँखाको नानीको पर्खामा रहेको नेपाल आँखा बैंकले जनाएको छ ।

नेपाल आँखा बैंकमा हाल सम्म ७५ हजार भन्दा बढी दाताले मृत्यु पछि आँखाको नानी दान गर्ने प्रतिवद्धता गरिसकेका । यस्तैे झण्डै १५ हजार जनाले आँखाको नानी दान प्राप्त गरि पूनः दृष्टि प्राप्त गरेका छन् । पछिल्लो समयमा आँखा दान गर्न प्रण गर्नेको संख्या दोब्बरले बढेको नेपाल आँखा बैंकले जनाएको छ ।

कसरी संकलन गरिन्छ आँखाको नानी ?

विभिन्न कारणवश आँखाको नानी विग्रिएर दृष्टिविहिन बनेका व्यक्तिका लागि यसरी संकलन गरिएका नानी प्रत्यारोपण गरिन्छ ।सन् १९९४ को सेप्टेम्बर १६ मा नेपाल आँखा बैकको स्थापना भएपछि नेपालमा आँखाको नानी प्रत्यारोपण सहज भएको थियो ।

स्थापना कालदेखि नै आँखा बैकले मृत्यु पश्चात आँखाको नानी दान गर्ने दाताहरुबाट नानी संकलन,परीक्षण र संचय लगायत आवश्यक परेकालाई नानी उपलब्ध गर्दै आएको छ ।

बैंकले आँखा दानको प्रतिवद्धता गरेका मानिसको मृत्युपश्चात पशुपति आर्यघाट विद्युतीय शवदाह गृह, काठमाडौंको वीर अस्पताल, त्रि.वि.शिक्षण अस्पताल,गंगालाल मुटु अस्पताल र पाटन अस्पतालमा आँखाको नानी संकलन गर्ने गरेको छ ।

यस्तै मेची, विराटनगर, लाहान, हेटौडा, भरतपुर,लुम्बिनी, पोखरा र कैलालीमा पनि क्षत्रिय आँखा नानी संकलन केन्द्रहरु स्थापना भई आँखाको नानीहरु संकलन गरिरहेको छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ३ : २० बजे

‘बच्चाको बाबुसँग नायिका साम्राज्ञीले ‘बेड सेयर गरेपछि’ भाँडियो घरबार’

काठमाडौं – इन्गेजमेन्टपछि व्यक्तिगत जीवनले चर्चामा आएकी नायिका साम्राज्ञी शाहको

सर्वोच्च आगजनी प्रकरणमा पक्राउ परे ल क्याम्पसका पूर्वस्ववियु सभापति ढुंगेल

काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सर्वोच्च

मुस्लिम समुदायबारेको टिप्पणीले विवादमा प्रधानमन्त्री, सामाजिक सञ्जालमा गालीको ओइरो

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आर्यन समुदायमा भन्दा मुस्लिम समुदायमा महिलामाथि

गण्डकीमा घरबास : स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै

गण्डकी– मुलुकभित्र पहिलोपटक घरबास (होमस्टे) पर्यटनको सुरुआत भएको गण्डकी प्रदेशअन्तर्गतको

जकार्तामा कुकुर, बिरालो र चमेरोको मासु बेच्न प्रतिबन्ध

एजेन्सी– इन्डोनेसियाको राजधानी जकार्तामा रेबिज सङ्क्रमण नियन्त्रणका लागि कुकुर, बिरालो