किन हुन्छ मुखको क्यान्सर ? यी हुन्, बच्ने उपाय « Khabarhub

किन हुन्छ मुखको क्यान्सर ? यी हुन्, बच्ने उपाय


१० पुस २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुखको क्यान्सर महिलामा भन्दा पुरुषमा बढी देखिन्छ । मुखमा हुने तन्तुको कोषहरु अनियन्त्रित रुपमा वृद्धि भएमा मुखको क्यान्सर हुने गर्छ ।

मुखको क्यान्सर ओठ, जिब्रो, जिब्रोमुनिको भाग, गालाको भित्री भार र तालुमा हुने गर्छ । कोषहरु अनियन्त्रित रुपमा वृद्धि हुँदा ती मागहरुमा घाउँ भएर क्यान्सर हुने गर्छ ।

मुखको क्यान्सर सुर्तीजन्य पदार्थको सेवन गर्नेहरुलाई हुने सम्भावना बढी हुन्छ । नेपालमा मुखको क्यान्सर महिला भन्दा पुरुषमा बढी देखिने गरेको छ । मुखको क्यान्सरबाट नेपालमा ४० वर्ष माथिका व्यक्तिहरु बढी पीडित बनेका छन् ।

मुखको क्यान्सर हुनुको कारण

– धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग,

–मदिरा सेवन,

–एचपिबी भाइरसको संक्रमण,

–रोगप्रतिरोधी क्षमतामा कमी आउनु,

–पोषणको कमी हुनु,

–मुख सरसफाइमा ध्यान नदिनु ।

–विकिरणमा धेरै समय बस्नु वा विकिरण आउन सक्ने प्रविधिको प्रयोग बढी गर्नु,

– वंशाणुगत गुणका कारण आदि हुन् ।

मुखको क्यान्सरको लक्षण

–मुखभित्र घाउ आउने,

–घाउ निको नहुने,

–घाउँ दुख्ने,

–कान दुख्ने,

–स्वर परिवर्तन हुने,

–घाँटीमा गिर्खा पलाउने,

–घाँटी खुख्ने,

–दात झर्ने,

–मुख तथा गिजाबाट रगत बग्ने,

कसरी बच्ने ?

–धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने,

–समय समयमा क्यान्सरको परीक्षण गर्ने,

–क्यान्सरको लक्षण देखिएमा चिकित्सकसँग परार्मश लिने ।

–क्यान्सर भएको भए चिकित्सकको सल्लाहमा नियमित परीक्षण र किमो थेरापी गर्ने ।

प्रकाशित मिति : १० पुस २०७६, बिहिबार  १ : ०८ बजे

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।