म्यादी बीमा अनलाइन प्रणालीमार्फत गराउन निर्देशन « Khabarhub

म्यादी बीमा अनलाइन प्रणालीमार्फत गराउन निर्देशन


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी बीमा गराउँदै आएका ४ वटा कम्पनीलाई बीमा समितिले वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा जोड्न निर्देशक दिएको छ ।

श्रमिकको म्यादी बीमाको पुल व्यवस्थापकका रुपमा काम गर्दै आएका गुराँस लाईफ इन्स्योरेन्स कम्पनी, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, युनियन लाईफ इन्स्योरेन्स कम्पनी र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स गरि चार कम्पनीहरुलाई कम्प्युटरमार्फत स्वचालित प्रणालीद्वारा बीमा गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको सबै काम अनलाइन प्रणालीमार्फत काम सुरु भएपनि बीमा कम्पनीले भने म्यादी बीमाका काम अनलाइनबाट गर्न अस्वीकार गर्दै आएका थिए । जसका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकले सरकारले तोकेभन्दा धेरै पैसा तिर्ने बाध्य थिए ।

म्यादी बीमा एजेन्टमार्फत गराउँदा श्रमिकलाई ५ सयदेखि १ हजारसम्म आर्थिक भार पर्दै आएको थियो । अनलाइन प्रणालीमार्फत काम गर्दा समस्या हुने भन्दै म्यादी बीमाको काम गदै आएका कम्पनीहरु तर्किदै आएका थिए ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  २ : ०८ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल