रात्रिकालिन क्षेत्रमा काम गर्ने श्रमिक न्यूनतम पारिश्रमिक पाउनबाट बञ्चित « Khabarhub

रात्रिकालिन क्षेत्रमा काम गर्ने श्रमिक न्यूनतम पारिश्रमिक पाउनबाट बञ्चित


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–रात्रिकालिन क्षेत्रमा काम गर्ने श्रमिक सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनबाट बञ्चित रहेको महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समुह नेपाल (एटविन)को एक अध्ययनले देखाएको छ ।

नेपालभित्र आन्तरिक श्रम बजारमा काम गर्ने श्रमिकमध्ये धेरै सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाउने गरेको एटविनले जनाएको छ । आन्तरिक श्रम बजारमा काम गर्ने महिला श्रमिक धेरै हिंसामा परेपनि उनीहरु समस्या लिएर राज्यको संयन्त्रसम्म नआउने गरेको एटविनको अध्ययनमा उल्लेख छ ।

सरकारले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेर र विदेशीमा अलपत्र भएका श्रमिकप्रति केन्द्रीत भएर काम गर्दा आन्तरिक श्रम बजारका समस्या ओझेलमा परेको एटविनकी अध्यक्ष नातिसरा राईले बताइन् ।

मानव बेचबिखनविरुद्ध प्रहरीले अभियान नै चलाइरहेको मानव बेचबिखन अनुसन्धानका डिएसपी राजकुमार सिलवालले बताएका छन् । प्रहरी मानव बेचबिखन रोक्न गम्भीर भएर काम गरिरहेको उनको भनाइ छ ।

नेपालमा वार्षिक १२ हजार महिला तथा बालबालिका बेचबिखनमा पर्ने गरेको एटविनको अध्ययनमा उल्लेख गरिएको छ । यस्तै आन्तरिक रोजगार, वैदेशिक रोजगारी र गरिबीका कारण धेरै महिला तथा बालबालिका मानव बेचबिखनको जोखिममा रहेको एटविनले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  २ : ११ बजे

सरकारले लहड र सनकका भरमा निजी क्षेत्रमाथि धरपकड गर्‍यो : थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रमाथि गरिरहेको

क्रियाशील सदस्यता अद्यावधिक गर्दै कांग्रेस, तल्लो तहका सदस्यका समस्या समाधानमा जोड

गण्डकी– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा सक्रिय

सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : ट्रम्प

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ समकक्षी सी चिनफिङसँगको

‘पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउनुपर्छ’

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले पुँजीगत खर्चको

छुसाङ–घमी सडक स्तरोन्नति गर्न स्रोत सहमति सुनिश्चित

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत