रात्रिकालिन क्षेत्रमा काम गर्ने श्रमिक न्यूनतम पारिश्रमिक पाउनबाट बञ्चित | Khabarhub Khabarhub

रात्रिकालिन क्षेत्रमा काम गर्ने श्रमिक न्यूनतम पारिश्रमिक पाउनबाट बञ्चित


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–रात्रिकालिन क्षेत्रमा काम गर्ने श्रमिक सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनबाट बञ्चित रहेको महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समुह नेपाल (एटविन)को एक अध्ययनले देखाएको छ ।

नेपालभित्र आन्तरिक श्रम बजारमा काम गर्ने श्रमिकमध्ये धेरै सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाउने गरेको एटविनले जनाएको छ । आन्तरिक श्रम बजारमा काम गर्ने महिला श्रमिक धेरै हिंसामा परेपनि उनीहरु समस्या लिएर राज्यको संयन्त्रसम्म नआउने गरेको एटविनको अध्ययनमा उल्लेख छ ।

सरकारले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेर र विदेशीमा अलपत्र भएका श्रमिकप्रति केन्द्रीत भएर काम गर्दा आन्तरिक श्रम बजारका समस्या ओझेलमा परेको एटविनकी अध्यक्ष नातिसरा राईले बताइन् ।

मानव बेचबिखनविरुद्ध प्रहरीले अभियान नै चलाइरहेको मानव बेचबिखन अनुसन्धानका डिएसपी राजकुमार सिलवालले बताएका छन् । प्रहरी मानव बेचबिखन रोक्न गम्भीर भएर काम गरिरहेको उनको भनाइ छ ।

नेपालमा वार्षिक १२ हजार महिला तथा बालबालिका बेचबिखनमा पर्ने गरेको एटविनको अध्ययनमा उल्लेख गरिएको छ । यस्तै आन्तरिक रोजगार, वैदेशिक रोजगारी र गरिबीका कारण धेरै महिला तथा बालबालिका मानव बेचबिखनको जोखिममा रहेको एटविनले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  २ : ११ बजे

काठमाडौँमा हावाहुरीसहितको वर्षा

काठमाडौं– काठमाडौँमा हावाहुरीसहितको वर्षा भएको छ । आज बिहानैबाट काठमाडौँका

आईपिएलका रोचक ‘कम ब्याक’: चर्चामा कोहली

रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी)को शानदार ‘कम ब्याक’ यस आईपिएलको मुख्य

भारतसँग जोडिएका पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्सा– भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका वीरगञ्जसहित

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको