पुनर्निर्माणमा ८३ प्रतिशत उपलब्धि हासिल, ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च « Khabarhub

पुनर्निर्माणमा ८३ प्रतिशत उपलब्धि हासिल, ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न ६ क्षेत्रमा गरी ४ वर्षमा ८३ प्रतिशत उपलब्धि हासिल गरेको जनाएको छ । जसमा ६९ प्रतिशत पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १४ प्रतिशत पुनर्निर्माणकै क्रममा रहेका छन् ।

प्राधिकरणका अनुसार हालसम्म पुनर्निर्माणका क्रममा सरकार र दातृ निकायबाट २ खर्ब ९३ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ४२ अर्ब रुपैयाँ गरी ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च भएको ज्ञवालीले बताए ।

वि.स. २०७२ साल वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सरकारी भवननहरु र सुरक्षा निकायका भवनहरुमा क्षति पुर्‍याएको थियो । ती क्षतिग्रस्त संरचनालाई पुनर्निर्माण गर्नका लागि ०७२ पौष १२ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापना भएको थियो ।

प्राधिकरणले स्थानपना भएको ४ वर्ष पुग्दै गर्दा हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८६ प्रतिशत हासिल गरेको छ ।

निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भएका कुल ७ लाख ८० हजार १ सय ६५ लाभग्राहीमभ्ये हालसम्म ४ लाख ८२ हजार ३ सय २३ घरको पुनर्निर्माण सम्पन्न भइसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले जानकारी दिए । जुन अनुदान सम्झौता गरेका उल्लेखितको ६२ प्रतिशत हो ।

त्यस्तै ७१ प्रतिशत शैक्षिक संस्थाको पुनर्निर्माण सम्पन्न भएको छ भने ४३ प्रतिशत सम्पदाको पुनर्निर्माण सकिएको छ ।

त्यसैगरी स्वास्थ्य संस्थाको पुनर्निर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको छ र सरकारी एवम सुरक्षा निकायका भवनहरु ८६ प्रतिशत सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ३ : ५१ बजे

नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल

अत्तरिया – नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल