अब सरकारले नै काठमाडौंका अव्यवस्थित तार काट्ने, होडिङ बोर्ड हटाउने « Khabarhub

अब सरकारले नै काठमाडौंका अव्यवस्थित तार काट्ने, होडिङ बोर्ड हटाउने


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले काठमाडौंमा जथाभावी रुपमा राखिएका होडिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर तथा तार लगायतका सामाग्री हटाउने भएको छ ।

बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यतामा गृह मन्त्रालयमा बसेको सरोकारवाला निकायहरु सहितको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले चार वटा समूह बनाएर शुक्रबारदेखि नै काठमाडौं महानगरपालिका भित्रका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउन सुरु गर्ने निर्णय गरेको हो । साथै, अन्य स्थानीय तहको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत निर्देशन दिइ कारबाही अघि बढाउने निर्णय गरेको छ ।

बैठकले अव्यवस्थित रुपमा राखिएका टेलिफोन, केबल तथा इन्टरनेट सेवाप्रदायकका तारहरु हटाउन समयसीमा तोकी सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए त्यस्ता तारहरुलाई काटेर हटाउने निर्णय गरेको छ ।

बिहीबार गृह मन्त्रालयमा बसेको बैठक

बैठकमा गृहमन्त्री थापाले नागरिकको स्वास्थ्य र नगरको पर्यावरणीय सुन्दरतालाई मध्यनजर गर्दै नगरलाई कुरुप बनाउने गरी राखिएका त्यस्ता संरचनाहरु हटाउन लागिएको बताए ।

सर्वोच्च अदालतको समेत यस सम्बन्धमा आदेश दिइसकेको बताउँदै गृहमन्त्री थापाले सो आदेश कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिका भित्र शुक्रबारबाट नै त्यस्ता संरचना हटाउन शुरु गर्ने प्रतिवद्धता व्यक्त गरे ।
गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले देशभरका यस्ता संरचना हटाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनको पूर्ण सहयोग रहने बताए ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ४ : ४९ बजे

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि