सय करोडमा पुग्यो सलमान खानको ‘दबंग ३’ « Khabarhub

सय करोडमा पुग्यो सलमान खानको ‘दबंग ३’


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड स्टार सलमान खानको फिल्म ‘दबंग ३’ सय करोडमा प्रवेश गरेको छ । फिल्मले बुधवार १५ करोड ५० लाख कमाइ गर्दै सय करोड क्लबमा प्रवेश गरेको हो ।

पहिलो विकेन्टपछि फिल्मको कमाइमा भारी गिरावट आएको छ । यही फिल्ममार्फत महेश मान्जरेकरकी छोरी सई मान्जरेकरले बलिउड डेब्यु गरेकी छिन् ।

फिल्मले समीक्षात्मक रुपमा मिश्रित प्रतिक्रिया पाएको छ ।

बक्स अफिस इन्डियाका अनुसार यो फिल्म सलमान खानको फिल्ममध्ये सय करोड कमाउने १५ औँ फिल्म बनेको छ । ‘दबंग ३’ ले भारतमा मात्र सय करोड बढी कमाइ गरेको हो ।

यसअघि सलमानका फिल्म दबंग, किक, रेडी, दबंग २, एक था टाइगर, बडीगार्ड, प्रेम रतन धन पायो, जय हो, ट्युबलाइट, टाइगर जिन्दा है, रेस ३, बजरंगी भाइजान, भारत सुल्नानले सय करोडभन्दा बढी कमाइ गरेका थिए ।

यद्यपि ‘दबंग ३’ ले ठीकठाक कमाइ गरेको छ । फिल्ममा किच्चा सुदीप र सोनाक्षी सिन्हाको पनि शीर्ष भूमिका छ । सलमानले फिल्ममा चुलबुल पाण्डेको भूमिका निभाएका छन् ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ५ : ३७ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट