शीतलहर चल्न थालेपछि धनगढीमा प्रहरीद्वारा दाउरा वितरण « Khabarhub

शीतलहर चल्न थालेपछि धनगढीमा प्रहरीद्वारा दाउरा वितरण


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सर्वसाधारणलाई चिसोबाट जोगाउन कैलाली जिल्लाका विभिन्न स्थानमा दाउरा वितरण गर्न थालिएको छ ।

शीतलहरसँगै बढ्दै गएको चिसोले जनजीवनमा समस्या भएपछि वन डिभिजन कार्यालय र स्थानीय सामुदायिक वन समितिसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले छुट्टाछुट्टै दाउरा वितरण गर्न थालेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जिल्लाको धनगढी, गोदावरी, गौरीगङ्गा, घोडाघोडी, बर्दगोरिया, लम्कीचुहा र टीकापुर नगर क्षेत्रका विभिन्न स्थानमा दाउरा वितरण गरिएको जानकारी दिए ।

यसैगरी सशस्त्र प्रहरी बल , नम्बर ३४ गण मुख्यालय कैलालीको पहलमा डोकेबजार, पहलमानपुर, धनगढी, गोदावरी, लम्कीचुहा, जोशीपुर, भजनी टीकापुरलगायतका क्षेत्रमा दाउरा वितरण गरिएको छ । कैलाली कञ्चनपुरलगायतका जिल्लामा भइरहेको शीतलहरसँगै बढेको चिसोले जनजीवन कष्टकर बनेको छ । जाडोले वृद्धवृद्धा, बालबालिका र मजदूर वर्गलाई बढी असर पुर्‍याएको छ ।

शीतलहरका कारण आलु र गोलभेँडालगायतको बालीमा डढुवा रोगको सङ्क्रमण भई बाली नष्ट हुन थालेको स्थानीय किसान नारायण चौधरीले बताए ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ६ : ५१ बजे

राष्ट्रियसभाको बहस, सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सरकार संसद्प्रति जिम्मेवार र जबाफदेही हुनुपर्नेमा जोड

भारतीय चर्चित गायक शान नेपालमा, गाएका थिए द्विभाषिक ‘मुसुमुसु हाँसिदेऊ’

काठमाडौं– नेपाली र हिन्दी शब्द समेटिएको द्विभाषिक गीत गाएका चर्चित भारतीय

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।