अघिल्लो वर्षकै भुक्तानी नपाएपछि उखु किसान आन्दोलित « Khabarhub

अघिल्लो वर्षकै भुक्तानी नपाएपछि उखु किसान आन्दोलित


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- हरेक वर्ष उखु भुक्तानीको विषयलाई लिएर आन्दोलनमा उत्रिएका पश्चिम नवलपरासीका उखु किसानहरूले यस वर्ष पनि आन्दोलनको घोषणा गरेका छन् ।

अघिल्लो वर्षको रकमसमेत नपाएका किसान यस वर्ष पनि चिनी उद्योग समयमै सञ्चालनमा नआएकै कारण आन्दोलनमा उत्रिएका हुन् ।

पश्चिम नवलपरासीमा लुम्बिनी चिनी उद्योग, वाग्मती चिनी उद्योग, इन्दिरा सुगर मिल्स र मोहिनी चिनी उद्योग गरी चार ठूला उद्योग रहेका छन् ।

ती उद्योगबाट किसानले अघिल्लो वर्षको गरी करिब रु ५० करोडभन्दा बढी रकम लिन बाँकी छ ।

तर चिनी उद्योगले रकम दिन विभिन्न बाहना बनाउँदै आएका छन् । अघिल्लो वर्षको भुक्तानी शुरु गर्नुपर्ने र शुरुमै मूल्य निर्धारण गरी तत्काल सबै चिनी उद्योग सञ्चालनमा आउनुपर्ने उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले बताए ।

चिनी उद्योग सञ्चालकले भने थोरै थोरै रकम भुक्तानी गरी यस वर्ष पनि उधारोमा उखु लिन दाउमा रहेको उनीहरुको आरोप छ । किसानले भुक्तानी शुरु गरेर मात्र चिनी मिल सञ्चालन गर्नुपर्ने माग राख्दै चिनी उद्योगमा धर्ना दिएर आन्दोलनको शुरुवात गरेका छन् ।

उद्योगमा रहेका चिनी बिक्री नभएकाले रकम भुक्तानी गर्न नसकिएको भन्दै उद्योग सञ्चालक आलटाल गर्दै आएका छन् ।

इन्दिरा सुगर मिलका मालिक राकेश अग्रवालले किसानको करोडौँ रकम तिर्न बाँकी छ । उद्योगमा रहेको करोडौँ मूल्य बराबरको चिनी र मोलासिस बिक्री भएको छैन । बिक्री भएपछि सबै रकम भुक्तानी दिने उनले बताए ।

पुरानो भुक्तानी समस्या झेल्दै आएका किसान यस वर्ष पनि खेतमा उखु तयार भइसक्दासमेत चिनी उद्योग सञ्चालनमा नआएपछि किसान दोहोरो मारमा परेका उखु कृषक समिति (तदर्थ) प्रवक्ता धीरज त्रिपाठीले बताए ।

गत वर्ष उखुको क्रसिङ यामभन्दा दुई महिनापछि उद्योग सञ्चालनमा आएका कारण करोडौं मूल्य बराबरको उखुखेतमा सुकेर समस्यामा परेका उखु किसानलाई यस वर्ष पनि उही समस्या आउने बताएका छन् ।

पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगलाई अघिल्लो वर्ष उधारोमा उखु दिएबापतको रकममध्ये अहिलेसम्म पनि करिब रु ५० करोड भुक्तानी पाएका छैनन् । चिनी उद्योगलाई उधारोमा दिएको उखुको भुक्तानी नपाएका किसान यस यस वर्ष पनि समयमै उखु मिल सञ्चालन नहुँदा मर्कामा परेका छन् ।

पश्चिम नवलपरासीमा वार्षिक करिब १८ देखि २० लाख क्विन्टल उखु उत्पादन हुन्छ । जिल्लामा झण्डै १० हजार परिवार उखुखेतीमा संलग्न छन् । विगत वर्षदेखि जिल्लामा सात हजार ५०० हेक्टर क्षेत्रफलमा उखुखेती हुँदै आएको छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  १० : ४५ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका