ढोरपाटन महिला भलिबल माघ १६ देखि « Khabarhub

ढोरपाटन महिला भलिबल माघ १६ देखि


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १५ औं ढोरपाटन महिला भलिबल माघ १६ गतेदेखि शुरु हुने भएको छ। बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर आयोजकले प्रतियोगिता माघ १६ मा शुरु भएर २८ गतेसम्म सञ्चालन हुने जानकारी दिएहो हो ।

ढोरपाटन भलिबल क्लबको आयोजना हुने प्रतियोगिताको विजेताले ४ लाख ५ हजार पाउनेछ भने उपविजेता टोलीले २ लाख ५ हजार पाउनेछ ।

तेस्रो, चौथो, पाँचौ र छैठौं हुने टोलीले क्रमशः १ लाख ५ हजार, ७५ हजार, ५५ हजार र ४५ हजार प्राप्त गर्नेछन्।

महिला भलिबलमा १२ टोली सहभागी हुनेछन्। जसमा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, टप्स उमाबी पोखरा, बुलबुले रारा, कर्णाली प्रदेश छन्।

यस्तै, न्यूडाइमण्ड एकेडेमी, पारामाउण्ट आवाशीय माबी, थ्रीस्टार एकेडेमी, चुली युवा क्लब सुर्खेत, चितवन टाइगर्स चितवन, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र आयोजक ढोरपाटन क्लब रहेको छ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने ३ खेलाडीले स्कुटरल पाउनेछन्। स्कुटर बर्ष खेलाडी, उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले पाउनेछन्। महिला भलिबलको खर्च अनुमान आयोजकले ५१ लाख रहेको छ।

अघिल्लो बर्ष ढोरपाटन महिला भलिबल एपीएफ क्लबले जितेको थियो। एपीएफले ३ लाख ५० हजार पाएको थियो।
अघिल्लो संस्करणको भन्दा यो बर्ष विजेता पुरस्कारमा ५५ हजार बढेको छ।

ढोरपाटनले नै आयोजना गर्ने पुरुष भलिबल प्रतियोगिता चैत ११ देखि १८ गतेसम्म चल्नेछ। ३५ लाख खर्च अनुमान गरिएको पुरुष भलिलबलका विजेताले ३ लाख उपविजेता २ लाख र तेस्रो हुने टोलीले १ लाख पाउनेछ भने चौथो हुने टिमले ५० हजार पाउनेछन्।

पुरुषतर्फको उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन्।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ८ : ५५ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको