खोपाचागुकी सुत्केरीको सेनाको हेलिकोप्टरबाट उद्धार « Khabarhub

खोपाचागुकी सुत्केरीको सेनाको हेलिकोप्टरबाट उद्धार


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखाको बिगु गाउँपालिका–८ खोपाचागुकी सुत्केरीको हवाई उद्धार गरिएको छ । सो गाउँपालिकाकी १७ वर्षीया सुष्मा श्रेष्ठलाई सुत्केरीको जटिल अवस्थामा हेलिकप्टर मार्फत आज काठमाडौँ पुर्‍याइएको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको पहलमा उनको उद्धार गरिएको जनाइएको छ ।

सुत्केरी ब्यथा लागेको लामो समयसम्म पनि शिशु नजन्मिएपछि श्रेष्ठलाई खोपाचागु स्वास्थ्यचौकीले थप उपचारका लागि चरिकोट अस्पातललाई सिफारिस गरेको थियो ।

अस्पतालका चिकित्सक विनोद डङ्गोलले आमा र नवजात शिशुलाई खतरा हुने भएकाले तत्काल शल्यक्रिया गरी शिशु निकालिएको जानकारी दिए ।

उनले शल्यक्रियापछि सुत्केरीको श्वासप्रश्वासको गति बढेको र सघन उपचार कक्षमा राखी थप उपचार गर्नुपर्ने भएकाले तत्काल काठमाडौँ पठाइएको बताए ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ९ : ३८ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन