खोपाचागुकी सुत्केरीको सेनाको हेलिकोप्टरबाट उद्धार « Khabarhub

खोपाचागुकी सुत्केरीको सेनाको हेलिकोप्टरबाट उद्धार


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखाको बिगु गाउँपालिका–८ खोपाचागुकी सुत्केरीको हवाई उद्धार गरिएको छ । सो गाउँपालिकाकी १७ वर्षीया सुष्मा श्रेष्ठलाई सुत्केरीको जटिल अवस्थामा हेलिकप्टर मार्फत आज काठमाडौँ पुर्‍याइएको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको पहलमा उनको उद्धार गरिएको जनाइएको छ ।

सुत्केरी ब्यथा लागेको लामो समयसम्म पनि शिशु नजन्मिएपछि श्रेष्ठलाई खोपाचागु स्वास्थ्यचौकीले थप उपचारका लागि चरिकोट अस्पातललाई सिफारिस गरेको थियो ।

अस्पतालका चिकित्सक विनोद डङ्गोलले आमा र नवजात शिशुलाई खतरा हुने भएकाले तत्काल शल्यक्रिया गरी शिशु निकालिएको जानकारी दिए ।

उनले शल्यक्रियापछि सुत्केरीको श्वासप्रश्वासको गति बढेको र सघन उपचार कक्षमा राखी थप उपचार गर्नुपर्ने भएकाले तत्काल काठमाडौँ पठाइएको बताए ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ९ : ३८ बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग