काठमाडौंमा बिहानैबाट बर्षा, बुधबारसम्म बदलीसहित पानी पर्ने सम्भावना « Khabarhub

काठमाडौंमा बिहानैबाट बर्षा, बुधबारसम्म बदलीसहित पानी पर्ने सम्भावना


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा आज विहानैबाट पानी परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारसम्म पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रहि पहाडी भू–भागहरूमा केहि स्थानहरुमा मेघ गर्जन सहितको हल्का वर्षाको संभावना छ। उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना छ ।

त्यस्तै मंगलबार राति देशको मध्य र पुर्वी पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने पश्चिमी भु–भागहरुमाआंशिक बदली हुने देखिन्छ। मध्य र पुर्वी पहाडी भेगका एक दुइ स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी बुधबार दिउँसो पनि देशको पूर्वी भू–भागमा र अन्य पहाडी भू–भागहरुमा आंशिक बदली रहि बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ । पूर्वी भेगका एक दुइ स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट वर्षाको सम्भावना रहेको मशाखाले जनाएको छ ।

बुधबार राति भने पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू(भागहरुको मौसम सामान्यतया सफा रहने मशाखाको पूर्वानुमान गरेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ५ : ४७ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं