काठमाडौंमा बिहानैबाट बर्षा, बुधबारसम्म बदलीसहित पानी पर्ने सम्भावना | Khabarhub Khabarhub

काठमाडौंमा बिहानैबाट बर्षा, बुधबारसम्म बदलीसहित पानी पर्ने सम्भावना


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा आज विहानैबाट पानी परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारसम्म पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रहि पहाडी भू–भागहरूमा केहि स्थानहरुमा मेघ गर्जन सहितको हल्का वर्षाको संभावना छ। उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना छ ।

त्यस्तै मंगलबार राति देशको मध्य र पुर्वी पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने पश्चिमी भु–भागहरुमाआंशिक बदली हुने देखिन्छ। मध्य र पुर्वी पहाडी भेगका एक दुइ स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी बुधबार दिउँसो पनि देशको पूर्वी भू–भागमा र अन्य पहाडी भू–भागहरुमा आंशिक बदली रहि बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ । पूर्वी भेगका एक दुइ स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट वर्षाको सम्भावना रहेको मशाखाले जनाएको छ ।

बुधबार राति भने पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू(भागहरुको मौसम सामान्यतया सफा रहने मशाखाको पूर्वानुमान गरेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ५ : ४७ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका