प्रतिपक्षीको अनुपस्थितिमै धमाधम सिफारिस, देउवाको पत्रलाई प्रधानमन्त्रीको वेवास्ता | Khabarhub Khabarhub

प्रतिपक्षीको अनुपस्थितिमै धमाधम सिफारिस, देउवाको पत्रलाई प्रधानमन्त्रीको वेवास्ता


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै सोमबार बसेको संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्त र समावेशी आयोगका अध्यक्षको नाम सिफारिस गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सोमबार बिहान प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष केपी ओलीलाई पत्र लेख्दै पार्टी संसदीय दलको बैठक भएकाले उपयुक्त समयमा अर्को बैठक राख्न आग्रह गरेका थिए । तर प्रधानमन्त्रीले उनको पत्रको बेवास्ता गरेको नागरिक दैनिकमा खबर छ ।

प्रधानमन्त्री र रक्षामन्त्रीबीच मतभेद शीर्षकमा पत्रिकाले छापेको अर्को समाचारमा प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री इश्वर पोखरेलबीच मतभेद देखिएको छ । प्रधानमन्त्रीले विप्लव समूहलाई वार्तामा आउन चैतसम्मको समय दिएका छन् भने रक्षामन्त्री पोखरेलले वार्ताको कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।

त्यस्तै हेलिकोप्टरको सिट हटाउने निर्णय उल्ट्याउने प्रयास शीर्षकको समाचारमा गत फागुन १५ गते पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना बोकेको हेलिकोप्टर दुर्घटनामा परेपछि फागुन २३ गते बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको बैठकले एउटा सीट हटाउने निर्णय गरेको थियो । अहिले यो निर्णय उल्ट्याउने प्रयास भइरहेको छ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ६ : ३१ बजे

ठगी गरेको आरोपमा पोखराका वडा सदस्यसहित ४ जना पक्राउ

कास्की – पोखरामा ठगीसम्बन्धी मुद्दामा वडा सदस्यसहित चार जना पक्राउ

शाहरुखले तोडे प्रभासको कीर्तिमान

नयाँ दिल्ली – शाहरुख खानको फिल्म डंकीको ट्रेलर ५ डिसेम्बरमा

आन्तरिक राजस्व विभागले भन्यो– ‘स्वदेशी आलु र प्याजमा भ्याट लाग्दैन’

काठमाडौं – आन्तरिक राजस्व विभागले स्देशमै उत्पादन भएका आलु, प्याजलगायत

सन् २०३० मा भारत तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण

नयाँ दिल्ली- भारत सन् २०३० मा विश्वको तेस्रो ठूलो अर्थतन्त्र

एनसेल खरिदबिक्री प्रकरणमा राजनीतिक नेतृत्वको साँठगाँठ छ : गगन थापा

काठमाडौंं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको शेयर खरिदबिक्रीमा