प्रतिपक्षीको अनुपस्थितिमै धमाधम सिफारिस, देउवाको पत्रलाई प्रधानमन्त्रीको वेवास्ता « Khabarhub

प्रतिपक्षीको अनुपस्थितिमै धमाधम सिफारिस, देउवाको पत्रलाई प्रधानमन्त्रीको वेवास्ता


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै सोमबार बसेको संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्त र समावेशी आयोगका अध्यक्षको नाम सिफारिस गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सोमबार बिहान प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष केपी ओलीलाई पत्र लेख्दै पार्टी संसदीय दलको बैठक भएकाले उपयुक्त समयमा अर्को बैठक राख्न आग्रह गरेका थिए । तर प्रधानमन्त्रीले उनको पत्रको बेवास्ता गरेको नागरिक दैनिकमा खबर छ ।

प्रधानमन्त्री र रक्षामन्त्रीबीच मतभेद शीर्षकमा पत्रिकाले छापेको अर्को समाचारमा प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री इश्वर पोखरेलबीच मतभेद देखिएको छ । प्रधानमन्त्रीले विप्लव समूहलाई वार्तामा आउन चैतसम्मको समय दिएका छन् भने रक्षामन्त्री पोखरेलले वार्ताको कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।

त्यस्तै हेलिकोप्टरको सिट हटाउने निर्णय उल्ट्याउने प्रयास शीर्षकको समाचारमा गत फागुन १५ गते पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना बोकेको हेलिकोप्टर दुर्घटनामा परेपछि फागुन २३ गते बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको बैठकले एउटा सीट हटाउने निर्णय गरेको थियो । अहिले यो निर्णय उल्ट्याउने प्रयास भइरहेको छ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ६ : ३१ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल