एसईईको प्रश्नपत्रमा त्रुटि नै त्रुटि! « Khabarhub

एसईईको प्रश्नपत्रमा त्रुटि नै त्रुटि!


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन् । थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ । ७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता देखिएको कान्तिपुर दैनिकमा खबर छ ।

एसईई अन्तर्गत आइतबार अंग्रेजी र सोमबार नेपाली विषयमा परीक्षा भएको थियो । बोर्डले ७ वटै प्रदेशका लागि अनिवार्य विषयका छुट्टाछुट्टै प्रश्नपत्रबाट परीक्षा लिएको छ ।

त्यस्तै चन्दका कोशी इन्चार्ज पक्राउ शीर्षकको समाचारमा प्रहरीले मोरङ र कालिकोटबाट नेत्रविक्रम चन्द समूहका तीन नेतालाई पक्राउ गरेको छ । मोरङ कानेपोखरी गाउँपालिकाको वयरवनस्थित नारायणचोकबाट आइतबार राति कोशी व्युरो इन्चार्ज घनश्याम श्रेष्ठ र सदस्य माधव गौतम तथा कालिकोटको खाँडाचक्र ५, राताडाबबाट सोमबार दिउँसो बुद्धिजिबी संगठनका कर्णाली व्युरो इन्चार्ज धनराज शाहीलाई पक्राउ गरेको हो ।

त्यस्तै गैंडालाई न घाँस न घोल शीर्षकको समाचारमा आहार खोजी गर्दै निकुञ्जबाट बाहिर निस्केका गैंडा खाल्डो, दलदल, सेप्टिक ट्यांकी र विद्युतीय तारमा परेर मरिरहेका छन् । उनीहरुलाई घाँस र घोलको व्यवस्था नहुँदा लोपन्मुख सूचीमा रहेको गैंडा मर्नेक्रम जारी छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ६ : ४६ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको