नेपालमाथि कुवेतको संघर्षपूर्ण जित « Khabarhub

नेपालमाथि कुवेतको संघर्षपूर्ण जित


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–स्वीडिस नागरिक योहान कालिनले नेपाली फुटबल टोलीको नेतृत्व गर्दै खेलेका दुई अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल एकमा हार र एक बराबरी खेलेको छ । सोमबार राति घरेलु टोली कुवेतसँगको दोस्रो मैत्रिपूर्ण खेलमा नेपाल पराजित भएपछि एक हार बेहोरेको थियो । यसअघिको पहिलो खेलमा नेपाली टोलीले गोलरहित बराबरी खेलेको थियो ।

अल शबब स्टेडियममा भएको दोस्रो खेलमा नेपाल कुवेतसँग १—० गोल अन्तरले पराजित भयो । खेलको सुरुआती अग्रता बनाएको कुवेतविरुद्ध नेपालले गोल फर्काउन नसक्दा पराजित भएको हो । कुवेतका लागि खेलको २९ औं मिनेटमा पेनाल्टीमार्फत् युसुफ नासिरले गोल गर्दै टोलीलाई जीत दिलाए ।

पहिलो खेल बराबरी खेलेका नेपालले दास्रो खेलमा कुवेतलाई रोक्न नसक्दा पराजित भएको हो । नेपालले कुवेत र मलेसियासंगको मैत्रीपूर्ण खेल खेल्ने बताइएपनि फिफाले अनुमति नदिएपछि नेपालले कुवेतसँग २ मैत्रिपूर्ण खेल खेलेको हो । कुवेतविरुद्धको मैत्रिपूर्ण खेलमा टोलीका नियमित खेलाडीहरु एएफसी यु—२३ च्याम्पियनसिप छनोट खेल्न कतार जाँदा राष्ट्रिय टोलीबाट ६ जना नयाँ खेलाडीले डेब्यु अवसर पाएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ८ : ५३ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग