रोनाल्डो घाइते भएको खेलमा पोर्चुगलले सर्बियासँग बराबरी खेल्यो « Khabarhub

रोनाल्डो घाइते भएको खेलमा पोर्चुगलले सर्बियासँग बराबरी खेल्यो


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युरोपा च्याम्पियनसिप छनोट अन्तरर्गतको खेलमा पोर्चुगलले सर्बियासँग बराबरी खेलेको छ । गएराति भएको खेलमा घरेलु मैदानमा पोर्चुगलले सर्बियासँग १—१ गोल बराबरी खेलेको हो ।

३१ औं मिनेटमा चोट लागेपछि कप्तान रोनाल्डो मैदानबाट बाहिएका थिए । रोनाल्डो मैदानमै हुँदा सर्बियाले १ गोलले नेतृत्व गरिरहेको थियो । तर, विपक्षी खेलाडीले फाउल गरेपछि उनी घाइते भए ।

खेलको ७ औं मिनेटमा पाएको पेनाल्टी लाई सर्बियाका दुसान टेडिकले गोल गर्दै पोर्चुगलविरुद्ध अग्रता दिलाएका हुन् ।

सर्बियाविरुद्ध शुरुवातमै पछि परेको पोर्चुगलका लागि डानिलो पेरेइराले गोल ४२ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई खेलमा फर्काएका थिए । पहिलो हाफमा १—१ गोलको बराबरी भएपनि पोर्चुगलले दोस्रो हाफमा गोल थप्न नसक्दा बराबरी खेलेको हो ।

पोर्चुगलले यसअघिको पहिलो खेलमा पनि युक्रेनसँग गोलरहित बराबरी खेलेको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ८ : ५७ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते